नेपालगन्ज ४ पुस – राष्ट्रिय वाणिज्य बैंकको ५५ औं स्थापना दिवशको अवसरमा प्रदेश नंं ५ का बिभिन्न शाखाहरुमा साताव्यापी कार्यक्रमको आयोजना भइरहेका छन् । रक्तदान, प्रभातफेरी, वित्तीय पहुँच र साक्षरता, सामाजिक उत्तरदायित्व बहनका बिभिन्न कार्यक्रम गरी बैंकलाई जनताको प्रत्यक्ष पहुँचमा पुर्याउने काम भइरहेको प्रदेश नंं ५ का प्रमुख आनन्द सुवेदी बताउँछन् ।
प्रदेश नं. ५ मा राष्ट्रिय वाणिज्य बैंक उत्कृष्ट बैंकका रुपमा रहेको छ । यसको नेतृत्व गरिरहेका सुवेदीले बिभिन्न सिर्जनात्मक अभियानलाई तिव्रता दिदै बैंकलाई उत्कृष्ट बनाउन प्रभावकारी भूमिका खेल्दै आएका छन् ।
स्थापना दिवशकै अवसरमा शनिवार नेपालगन्जमा पन्चेवाजा सहित प्रभातफेरी आयोजना गरिएको छ । बैंकका कर्मचारी, शुभेच्छुकले नेपालगन्ज नगर परिक्रममा गरेका थिए । प्रभातफेरीलाई सम्बोधन गर्दै प्रदेश प्रमुख सुवेदीले बैंकलाई उत्कृष्ट बनाउँदै जनतासम्म पुर्याउन लाग्नुपर्नेमा जोड दिएका छन् ।
पूर्ण सरकारी स्वामित्वमा स्थापित नेपालको दोस्रो पुरानो र सबैभन्दा ठूलो वाणिज्य बैंक हो। यसको स्थापना रा.वा.बैंक ऐन, २०२१ अर्न्तर्गत वि.सं.२०२२ साल माघ १० गते जनवरी २३, १९६६ मा भएको हो । यस बैंकले औद्योगिक व्यापारिक कृषि तथा मुद्रा स्थानान्तर, पूंजी बजार, उपभोक्ता कर्जा लगायत अन्य क्षेत्रहरूमा ग्राहकहरूलाई विविध बैंकिङ्ग सेवा र्पुयाउँदै आएको छ ।