माघ ५, दैलेख -यस जिल्लाको नौमुले गाउँपालिकामा रहेको अल्लो प्रशोधन उद्योगलाई अहिले बजारको माग पूरा गर्न भ्याइ–नभ्याइ छ ।
शुरुमा रू।१३ लाख ५० हजारको लगानीमा विसं २०७५ सालदेखि सञ्चालनमा आएको मालिका अल्लो प्रशोधन उद्योगले आधुनिक गुणस्तरयुक्त प्रशोधन मेसिनको अभावका कारण गुणस्तरीय धागो उत्पादन गर्न सकेको छैन ।
विभिन्न समस्याले गर्दा अल्लोको कपडा माग अनुसार पूर्ति गर्न नसकिएको उद्योगका सञ्चालक पदमबहादुर खड्काले बताए ।
कर्णालीमा उत्पादित अर्गानिक बस्तुभाउको माग बढिरहेको बेला स्थानीय बजारमा मात्र नभइ काठमाडौं, भक्तपुर,पोखरा लगायतका शहरदेखि अल्लोका कपडाको माग हुने गरेको छ । उनका अनुसार गाउँघरको मागलाई पूरा गर्न सकस भइरहेका वेला बाहिरको मागलाई पूरा गर्न सकिएको छैन् ।
उत्पादित् अल्लोको कपडाको प्रतिमिटर रू।५०० भन्दा माथि दिन् बाहीरका व्यापारी इच्छुक छन् तरपनि अहिलेनै कर्णाली भन्दा बाहिर बजारिकरण गर्ने सोच उनको छैन । परम्परागत ढाँचालाई परिवर्तन गरेर आधुनिक तवरले प्रशोधन गर्न सकेको खण्डमा मात्रै बाहिरको मागलाई ध्यान दिने योनजा उनको छ ।
अहिले उक्त उद्योगमा पूर्णरुपमा दक्ष कर्मचारि छैनन् । गत वर्ष घरेलु तथा साना उद्योग कार्यालय दैलेख र डिमेगा दैलेखको सहयोगमा तालिम लिएका अधिकाँश महिला उद्यमीहरुले उद्योगमा काम गरिरहेका छन् ।
उद्योगमा अहिले ७ ओटा मेसिन छन् जसबाट ८ जनाले प्रत्यक्ष रोजगारि पाइरहेका छन् । यस्तै धागोको रेशा, धागो कात्ने ,भूवा निकाल्ने, लोप्टा तान्ने,पकाउनेतर्फ करीब ७० जना महिला उद्यमी संलग्न छन् ।
पढे -लेखेका युवाहरु अन्यत्र जाने र विदेशिन थालेपछि उद्योगमा महिलाहरुले रोजगारी पाएका छन् । उनीहरु मध्येकै बीर्मा रोक्का मगरले उद्योगबाट आम्दानी मात्र नभइ रोजगारी पनि पाएको बताइन् ।
उनले भनिन्, ‘अहिले आफूहरुलाई घरखर्च चलाउन सजिलो भएको छ, पहिले जस्तो श्रीमानको कमाइमा भर पर्नुपर्ने अवस्था छैन् ।’
१ वर्षमै १०० कोट विक्री
स्थापनाको छोटो समयमानै १०० ओटा अल्लोका कोटहरु बजारमा पुगीसकेको छ । एउटा कोटको मूल्य रू। ७ हजारदेखि ८ हजार सम्म पर्छ भने एक मिटर कपडाको मूल्य रू। ८०० देखि १ हजार २०० सम्म पर्छ ।उनले पुसमा आयोजना गरिएको कर्णाली प्रदेश स्तरीय औद्योगिक महोत्सवमा मात्र ११३ मिटर अल्लोको कपडा विक्री गरेको बताए ।
‘महोत्सवमा ४० ओटा टोपि, ८५ ओटा खादा पनि विक्री भयो’, उनले भने, ‘अल्लोको खादा तथा झोला उत्पादन् गरि बजारिकरण गर्ने सोच छ ।
उनी कर्णालीको पहिलो उद्यमी पनि हुन् । उद्योग स्थापनपछि बनजंगलमा खेर गइरहेको अल्लोलाई सदुपयोग गर्न र नयाँ उद्यमी सृजना मद्दत पुगेको उनको भनाइ छ ।
कर्णाली प्रदेश सरकारले कर्णालीका हरेक कर्मचारी, जनप्रतिनिधिले अव आफ्नै प्रदेशमा उत्पादन् भएका स्वदेशी कपडाहरुको प्रयोग गर्ने बताएको छ जसबाट उद्यमीलाई थप टेवा पुग्ने अपेक्षा उनले गरेका छन् ।