आदेश अग्रवाल : समाजसेवी परिवारका उदयमान व्यवसायी


आदेश कुमार अग्रवाल नेपालगन्जका उदयमान सफल व्यवसायी हुनुहुन्छ । २०६७ सालदेखि नेपालगन्ज उद्योग वाणिज्य संघमा सक्रियतापूर्वक लाग्दै आउनुभएका अग्रवाल संघको कार्यसमितिमा सदस्य हुँदै अहिले कोषाध्यक्ष हुनुहुन्छ । उद्योगी, व्यवसायीका सुःख, दुःखका साथी अग्रवाललाई समावेशी प्यानलको तर्फबाट उद्योगक्षेत्रको उपाध्यक्ष पदमा अगाडी सारेका छौं ।

उहाँको यो उम्मेदवारीले नेपालगन्ज शहरको बिशेषता, विविधताको पनि बलियो प्रतिनिधित्व गरेको छ । व्यवसायी क्षेत्रमा क्रियाशिल रहनुभएका अग्रवाल प्रतिष्ठित, उर्जावान , जुझारु युवा व्यवसायी हुनुहुन्छ । बिशुद्ध व्यवसायीक क्षेत्रबाट उदय हुनुभएका सफल व्यवसायी अग्रवालले पश्चिम नेपालमा मुद्रण क्षेत्रमा ठूलो परिवर्तन ल्याउन भूमिका खेल्नुभएको थियो ।

पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधियुक्त छापाखाना भित्रा्उने अग्रवाल रामदुत प्रिन्टर्स, सोमानी टायल एण्ड सेनेटरी वेयरको प्रोपराईटर रहनुभएको छ । जुनसुकै ठाउँमा निडर र निसंकोच मानेर व्यवसायीक हकहितका सवाललाई स्पष्ट राखेर समस्या समाधानको पहल गर्ने सशक्त उम्मेदवार हुनुहुन्छ ।

उहाँ लियो क्लव, लायन्स क्लव अफ नेपालगन्ज बाँके एनएलफलको पूर्व अध्यक्ष, मुद्रण महासंघको आजिवन सदस्य रही उद्योग, व्यवसायसंगै सामाजिक कार्यमा सहभागि हुँदै आउनुभएको छ । अग्रवालका बुवा नरेश अग्रवालले नेपालगन्जमा रु १० रुपैयामा खाना खुवाउने अभियान चलाउँदै आउनुभएको छ ।

प्रकाशित मितिः     ६ माघ २०७६, सोमबार ०६:४७  |