ज्ञानेन्द्र कुमार श्रेष्ठ – संघलाई सशक्त बनाउने अग्रज व्यवसायी


 

  • ज्ञानेन्द्र कुमार श्रेष्ठ

नेपालगन्ज उद्योग वाणिज्य संघलाई आजको अवस्थामा ल्याउनका लागि ज्ञानेन्द्र कुमार श्रेष्ठको भूमिका कसैले पनि नजरअन्दाज गरेको छैन । संघलाई प्रगति पथको उचाईमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने श्रेष्ठ समावेशी प्यानलबाट आगामी निर्वाचनमा वाणिज्य तर्फ उपाध्यक्ष पदको उम्मेदवार रहनुभएको छ ।

व्यवसायीक र समाजिक क्षेत्रमा नेपालगन्जलाई उँहाले दिनुभएको योगदान हामी माझ छर्लङ्ग छ । संघको विकास निर्माणमा २०५३ सालदेखि ऐतिहासिक भूमिका निर्वाह गरी सफल सदस्य, कोषाध्यक्ष र अहिले सल्लाहकारका रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने श्रेष्ठ प्रतिष्ठित समाजसेवी पनि हुनुहुन्छ ।

न्यूरोडस्थित भैरव बस्त्रालयका प्रोपराईटर श्रेष्ठ २०४९ सालदेखि हालसम्म व्यवसायीक क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । उहाँले लायन्स क्लव नेपालगन्जको पूर्व अध्यक्ष, लायन्स क्लव इन्टरनेशनल ३२५ बि टुको डिष्ट्रिक सेक्रेटरीका रुपमा समेत सफलतापूर्वक कार्य सम्पन्न गरिसक्नुभएको छ ।

हालसम्म पनि श्रेष्ठ लायन्स क्लवका बिभिन्न तहमा रहेर काम गरिरहनुभएको छ । सामुदायीक प्रहरीको पूर्व अध्यक्ष, नेपालगन्ज कपडा व्यवसायी संघको पूर्व अध्यक्ष, नेपाल परिवार नियोजन संघको पुर्व कार्यसमिति सदस्य, नेवा पुँचको सल्लाहकार, लियो क्लव नेपालगन्जको संस्थापक, नेपाल रेडक्रस सोससाईटी घरवारीटी टोल शाखाको आजिवन सदस्य, लायन्स फाउण्डेशनको आजिवन सदस्यका रुपमा रहनुभएको छ । श्रेष्ठ बिभिन्न संघसंस्थाबाट कदरपत्र तथा पुरस्कृत व्यक्तित्व हुनुहुन्छ ।

प्रकाशित मितिः     ६ माघ २०७६, सोमबार ०६:४४  |