अब्दुल वाहिद मन्सुरी – कुरा होइन काममा बिश्वास गर्ने लोकप्रिय नेता


  • अब्दुल वाहिद मन्सुरी

अब्दुल वाहिद मन्सुरी चुन्ना उद्योग, व्यवसायका निडर, इमानदार र असल नेता हुनुहुन्छ भने नेपालगन्जको विविधतायुक्त समाजका लागि अनुकरणीय व्यक्ति हुनुहुन्छ । हाम्रो राष्ट्रिय गानमा भनेझै ‘संयौ थुङ्गा फुलका हामी एउटै माला नेपाली’ को मर्मलाई आत्मसाथ गर्ने ठुलो सोंचका धनी चुन्ना यतिबेला तीन हजार बढि मतदाता रहेको नेपालगन्ज उद्योग वाणिज्य संघको यही माघ ११ गते हुने निर्वाचनमा समावेशी प्यानलको तर्फबाट अध्यक्ष पदका उम्मेदवार हुनुहुन्छ ।

बुवाको पद्चाप पछ्याउँदै चुन्ना नेपालगन्जमा बिस वर्षदेखि व्यवसायीक क्षेत्रमा सक्रिय हुनुहुन्छ । अजिज किराना स्टोरका प्रोपराईटर चुन्ना व्यवसायीक संगसंगै सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहँदै आउनुभएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघमा २ कार्यकाल कार्यसमिति सदस्य, एक कार्यकाल उपाध्यक्ष र अहिले बरिष्ठ उपाध्यक्ष रहनुभएका चुन्ना नेपालगन्ज किराना तथा खाद्यन व्यवसायी संघको २०६३ सालदेखि हालसम्म नेतृत्वदायी भूमिकामा हुनुहुन्छ ।

त्यस्तै नेपाल बितरक महासंघमा पूर्व कार्यसमिति सदस्य, नेपालगन्ज बितरक संघमा सदस्य हुनुहुन्छ भने लायन्स क्लव सिद्धी बिनायकको पूर्व अध्यक्ष समेत भई बिभिन्न अनुभव सङ्गालेका प्रतिष्ठित, उर्जावान , जुझारु युवा व्यवसायी हुनुहुन्छ । बिशुद्ध व्यवसायीक क्षेत्रबाट उदय हुनुभएका सफल व्यवसायी चुन्नाले जुन क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्नुभएको छ, ती संघ संस्थाहरु आज व्यवसायी माझ परिचित र स्थापित हुनुले पनि आगामी संघको निर्वाचनमा मतदाताले अत्याधिक मतले उहाँ र उहाँको प्यानललाई बिजयी बनाउने सुनिश्चित छ ।

नेपालगन्जको उद्योग व्यवसाय अहिले धरमरको अवस्थामा छ । अर्कोतर्फ सरकारले ल्याएका नयाँ नयाँ कर प्रणालीहरु अव्यवहारिक र झञ्झटिलो बन्दा उद्योगी, व्यवसायी मर्कामा परेका छन् । यस्तो परिस्थितीमा सिङ्गो बाँके र यहाँका उद्योगी, व्यवसायीले संघमा बलियो नेतृत्व खोजिरहेका छन् । जुनसुकै ठाउँमा निडर र निसंकोच मानेर व्यवसायीक हकहितका सवाललाई स्पष्ट राखेर समस्या समाधानको पहल गर्ने सशक्त उम्मेदवार हुनुहुन्छ ।

प्रकाशित मितिः     ६ माघ २०७६, सोमबार ०७:५५  |