कर्णालीमा प्राविधिक र व्यवसायीक शिक्षाको रणनीति कस्तो हुने ? यस्ता छन् सुझाव


सुर्खेत ६ पुस – सुर्खेतको बिरेन्द्रमा ‘कर्णाली प्रदेशमा अवको प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम सम्बन्धी रणनीति निर्माण’सम्बन्धी अन्तरक्रिया आयोजना गरिएको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव मानबहादुर बिकको बिशेष अतिथी रहेको कार्यक्रममा तालिम प्रदायक सस्थाको तर्फबाट देउती टेक्निकल ट्रेनिङ इन्स्टीच्युटका सन्चालक उपेन्द्र खड्काले सामुदायिक विद्यालय मात्र नभनी निजी प्राविधिक शिक्षालयलाई अगाडी बढाउनुपर्नेमा जोड दिए ।

नत्र प्राविधिक जनशक्ति उत्पादनमा सफलता प्राप्त नहुने स्पष्ट पारे । प्रदेश सामाजिक विकास मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम प्रति चासो नदिएको बताए । त्यसैगरी अर्का सामुदायिक बिद्यालयमा प्राविधिक शिक्षा सन्चालन गर्दै आएका जनज्योती माध्यमिक बिद्यालय कुनाथरीका प्रधानाध्यापक नारायण प्रसाद सिग्देलले कर्णालीको अर्गानिक सुन्तला ,स्याउ जडिबुटी आदिको आधुनिक तरिकाले उत्पादन र प्रशोधन सम्बन्धी शिक्षा दिनुपर्ने बताए ।

सहभागी राष्ट्रिय प्राविधिक शिक्षालयका प्राचार्य देबेन्द्र बिक लगायत अन्य सरोकारवाला निकायले प्राविधिक शिक्षा प्रर्बद्धन र प्राविधिक जनशक्ति उत्पादनमा जोड दिएका थिए । कार्यक्रम सन्चालन सिटिईभिटी कर्णाली प्रदेश बिरेन्द्रनगर सुर्खेतका उपनिर्देशक एकराज अधिकारीले गरेका थिए ।

उक्त कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघ सुर्खेतका अध्यक्ष सुमननाथ योगीले प्रस्तुत गरेको सुझाव यस्तो छ

१. जति पनि तालिममा सहभागि हुने, प्रमाणपत्रको भारी बोक्ने तर त्यो जनशक्ति प्राविधिक क्षेत्रमा कामै नलाग्ने अवस्था बिद्यमान छ । त्यसको अन्त्य गरी तालिम लिइसकेपछि काममा लाग्ने जनशक्ति उत्पादन गर्नुपर्छ ।
२. तालिम प्राप्त जनशक्तिलाई रोजगारी तथा स्वरोजगारी तर्फ जोड्न सक्नुपर्छ ।
३. सामुदायिक विद्यालय मात्र होइन निजी प्राविधिक शिक्षालयमार्फत पनि तालिम कार्यक्रम सन्चालन गर्नुपर्छ ।
४. कुनैपनी तालिम कार्यक्रम सन्चालन गर्दा तालिम प्रदायक सस्था, सिटिईभिटी, स्थानीय निकाय वा जनप्रतिनिधिको सहकार्यबाट मात्र सन्चालनमा लैजादा प्रभाबकारी हुन्छ ।
५. औपचारिकताका लागि मात्र होइन सीप, ज्ञान र व्यवहारिक परिवर्तनको लागि तालिम हुनेगरी कार्यक्रम सन्चालन गर्नुपर्छ ।

६. कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासङ्ग केन्द्रिय कार्यसमितिले सिटिईभिटीबाट उत्पादित तालिम प्राप्त जनशक्तिको रोजगारी तथा स्वरोजगारी गराउने सम्बन्धि अध्यक्ष श्याम गिरि र सिटिईभिटीका सदस्य सचिब पुस्परमण वाग्लेको सयुक्त हस्ताक्षर सहित सम्झौता सम्पन्न भएको र सोही बमोजिम कर्णाली प्रदेशमा पनि सम्झौताको तयारी गरिएको छ ।

प्रकाशित मितिः     ६ माघ २०७६, सोमबार १८:५१  |