व्यवसायसंगै सामाजिक कार्यमा सक्रिय तेज नारायण कंडेल


तेज नारायाण कंडेल युवा व्यवसायी हुन् । २०६० सालदेखि व्यवसायीक यात्रा प्रारम्भ गरेका तेज नारायाण सहयोगी र मिलनसार युवा व्यवसायी हुन् । नेपालगन्ज उपमहानगरपालिका १८ हाल वडा नम्वर २० मनिकापुर निवासी तेज नारायण घर निर्माण सम्वन्धी हार्डवयर विक्रीवितरण गर्ने एन.पी टे«डर्स एण्ड सप्लायर्सका सन्चालक हुन् ।

आइ ए सम्मको अध्ययन गरेका तेज नारायण सामाजिक तथा मानविय सेवामा पनि संलग्न छन् । उनी नेपाल मानव धर्म सेवा समितिका सल्लाहाकार हुन् । तेज नारायण कंडेल आगामी माघ ११ गते हुने नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहको तर्फबाट सदस्य पदका उम्मेदवार हुन् ।

प्रकाशित मितिः     ७ माघ २०७६, मंगलवार ०५:५७  |