ललित रौनियार (अध्यक्ष)
ललित रौनियार करिव ३० बर्षदेखि व्यावसायीक क्षेत्रमा सक्रिय हुनुहुन्छ र दमयन्ती इजी मार्ट एण्ड डिपार्टमेन्टल स्टोर फर्मका सन्चालक रौनियार व्यावसायीक संगठनहरुमा विभिन्न तह तप्कामा रहेर काम गरिसकेका व्यक्ति हुन् । नेपालगन्ज उपमहानगरपालिका ३ बागेश्वरी टोल, हाल वडा नम्वर १८ कारकाँदोमा बस्दै आएका रौनियार नेपालगन्ज उद्योग बाणिज्य संघको कार्यसमिति सदस्य, पूर्व बरिष्ठ कार्यसमिति सदस्य, वितरक महासंघ काठमाडौंका पूर्व उपाध्यक्ष, नेपालगन्ज वितरण संघको संस्थापक अध्यक्ष छन् । उद्योग व्यवसायसँगै रौनियारले सामाजिक क्षेत्रमा समेत योगदान दिएका छन् । शिक्षा, स्वास्थ्य तथा सांस्कृतिक क्षेत्रमा रौनियारको महत्वपूर्ण योगदान छ । नेपाल चीन शैक्षिक तथा सांस्कृतिक परिषदको केन्द्रीय सदस्य, नेपालगन्ज नगर विकास समितिका पूर्व उपाध्यक्ष पदमा रहेर आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका ललित रौनियार आगामी माघ ११ गते हुने नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहको तर्फबाट अध्यक्ष पदका उम्मेदवार छन् ।
तपेन्द्र विक्रम शाह (उपाध्यक्ष उद्योग)
तपेन्द्र विक्रम शाह सफल युवा व्यवसायी हुनुहुन्छ । २०५९ सालदेखि निर्माण व्यवसायबाट व्यावसायीक क्षेत्रमा प्रवेश गर्नुभएका तपेन्द्रले छोटो समयमै आफुलाई स्थापित गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका ३ सुर्खेतरोडमा रहेको पादुका कालसैनी प्रिटिंग प्रेस सञ्चालक तपेन्द्रले २०६३ सालदेखि यसलाई निरन्तरता दिइरहेका छन् । नेपालगन्ज उद्योग बाणिज्य संघको कार्यसमिति सदस्य समेत रहेका तपेन्द्रले उद्योग बाणिज्य संघमा योजना उपसमितिको संयोजकको समेत भूमिका निर्वाह गर्नुभयो ।उद्योगी व्यवसायीका सुख दुःखमा सँगै रहन मन पराउने तपेन्द्रले नेपाल मुन्द्रण उद्योग महासंघमा दुई पटक केन्द्रीय सदस्य, बाँके मुन्द्रण संघको अध्यक्षलगायतको जिम्मेवारी निभाएका छन् । तपेन्द्र विक्रम शाह आगामी माघ ११ गते हुने नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहको तर्फबाट उद्योग उपाध्यक्ष पदका उम्मेदवार छन्् ।
अमित कुमार बस्नेत (बाणिज्य उपाध्यक्ष)
अमित कुमार बस्नेत व्यवसायसँगै सामाजिक सेवामा पनि सक्रिय अमित सहयोगी र मिज्यासिलो व्यवसायीका रुपमा चिनिन्छन् । २०५८ सालदेखि मदिरा व्यवसाय गर्दै आएका अमितको नेपालगन्ज उपमहानगरपालिका १३ सुर्खेत रोडमा मानसरोवर इन्टरप्राइजेज फर्म छ । युवा पुस्ताका प्रेरक व्यवसायी अमित छोटो समयमा आफुलाई अब्बल र सफल व्यवसायीको रुपमा चिनाउन सफल भए । बिविएससम्मको अध्ययन गर्नुभएका अमितले विभिन्न व्यवसायीक संगसंगठनहरुको कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेका गरे । नेपालगन्ज वितरक संघका अध्यक्ष समेत रहेका अमित मदिरा व्यवसायी संघका बरिष्ठ सल्लाहाकार समेत छन् । लायन्स क्लव १६/१७ का अध्यक्ष, रोटर क्लव अफ नेपालगन्जका सदस्य, नेपालगन्ज एजुकेशनल फाउण्डेसका संस्थापकलगायतका विभिन्न सामाजिक संघसंस्थामा आवद्ध अमितको खेलकुद क्षेत्रमा पनि उत्तिकै लगाव र रुचि छ । राष्ट्रिय व्याटमिन्टन खेलाडी अमित बाँके जिल्ला व्याटमिन्टन संघका सदस्य र बाँके जिल्ला भारोत्तलन संघका सदस्य पनि छन् । उद्योग व्यवसायी र सामाजिक सेवामा क्रियाशिल अमित बस्नेत आगामी माघ ११ गते हुने नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहको तर्फबाट बाणिज्य उपाध्यक्ष पदका उम्मेदवार छन् ।
अजय कुमार टण्डन (सदस्य)
अजय कुमार टण्डन नेपालगन्जका चर्चित पेट्र«ोलियम व्यवसायी हुन् । नेपालगन्ज उद्योग बाणिज्य संघका महासचिवको भूमिकामा रहेका अजय नेपालगन्ज सुर्खेत रोडस्थित कुसुम फिलिंग सेन्टरका सन्चालक हुन् । लामो समय देखि व्यवसायीक क्षेत्रमा क्रियाशिल अजय उद्योगी व्यवसायीमाझ लोकप्रिय छन् । नेपालगन्ज उद्योग बाणिज्य संघको हालको कार्यसमितिमा महासचिवको जिम्मेवारीमा अजयले उद्योगी व्यवसायीहरुको हकअधिकारका सवालमा प्रभावकारी भूमिका निर्वाह गरेको उद्योग व्यवसायीहरुको भनाइ छ । दिल्ली विश्वविद्यालयबाट एमविए गरेका अजयले सामाजिक सेवामा समेत काम गर्दै आएका छन । नेपाल भारत मैत्री संघ बाँकेका निवर्तमान अध्यक्ष, केन्द्रीय सल्लाहकारको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसक्नुभएका अजय पशुपति शिक्षा मन्दिर नेपालगन्जका निवर्तमान अध्यक्ष हुन् । मध्यपश्चिम पेट्रोलियम डिलर्स एशोसिएशनका उपाध्यक्ष समेत रहेका अजय कुमार टण्डन आगामी माघ ११ गते हुने नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहको तर्फबाट सदस्य पदका उम्मेदवार हुन् ।
सुनिल सिंघल (सदस्य)
सुनिल सिंघल नेपालगन्जका ढुवानी व्यवसायी हुन् । विविध यातायात तथा तत्सम्बन्धी सहायक सेवासँगै नेपालका इजाजत प्राप्त खानीबाट कुनै पनि सिमन्ट उद्योगका लागि चाहिने चुन ढुंगा आफै निकाली ढुवानी व्यवस्था गर्न सक्ने अधिकार प्राप्त ढुवानी व्यवसायी सुनिल नेपालगन्ज उपमहानगरपालिका १ धम्वोजी निवासी हुन् । नेपालगन्जका युवा पुस्ताका उद्योगी व्यवसायीमाझ परिचित सुनिल व्यवसायसँगै सामाजिक सेवामा पनि क्रियाशील छन् । नेपालगन्ज उद्योग बाणिज्य संघको हालको कार्यसमिति सदस्य छन् । मारवाडी युवा मञ्च बाँकेका उपाध्यक्ष, लाइन्स क्लव नेपालगन्जका अध्यक्ष, नेपाल भारत मैत्री संघको सदस्यलगायतका सामाजिक संघसंस्थामा समेत सुनिलले कुशलतापूर्वक जिम्मेवारी निभाइ सकेका छन् । सुनिल सिंघल आगामी माघ ११ गते हुने नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहको तर्फबाट सदस्य पदका उम्मेदवार हुन् ।
बिन्दु चर्ती मगर (सदस्य)
विन्दु चर्ती मगर बुद्ध चाउमिन तथा उद्योगको सन्चालक हुन । नेपालगन्ज उपमहानगरपालिका २० मनिकापुरमा स्थापना गरिएको उक्त उद्योगसँगै विन्दुले चाउचाउ वा त्यस्तै उत्पादन, पूmल तथा बगैचा सम्बन्धी पसल सन्चालन गर्ने, विविध सामानहरु स्थानीय खरीद विक्री गर्ने, बगैचा सम्वन्धी सेवा प्रदान गर्नेजस्ता व्यवसायीक कार्य गर्दै आएकी छन । स्नातक अध्ययन विन्दु सफल महिला उद्यमीका रुपमा पनि परिचित छिन । व्यवसायसँगै सामाजिक कार्यमा पनि विन्दु सक्रिय छिन । नेपालगन्ज उद्योग बाणिज्य संघको कार्यसमितिको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेकी विन्दु महिला उद्यमी संघ बाँकेको कार्यसमिति सदस्य पनि हो । नेपाल रेडक्रस सोसाइटी गनापुर उपशाखाको सहसचिव, ओम शान्ति आमा समूहको सचिव, नेपाल भारत मैत्री संघको केन्द्रीय सदस्य, फ्लोरी कल्चर एशोसिएशनको सदस्य, जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको सदस्य, सामुदायिक प्रहरी सेवा केन्द्रको सदस्य, नेपालगन्ज जेसिसलगायतका संघसंस्थामा उनी आवद्ध छिन । सहयोगी र मिलनसार विन्दु चर्ती मगर आगामी माघ ११ गते हुने नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहको तर्फबाट सदस्य पदका उम्मेदवार हुन् ।
टंकप्रसाद शर्मा (सदस्य)
टंकप्रसाद शर्मा नेपालगन्जका चर्चित जडिबुटी व्यवसायी हुन् । करिव दुई दशक सरकारी सेवामा आफ्नो जिवन समपर्ण गरेका टंकले ६० को दशकपछि निरन्तर जडिबुटी व्यवसाय सन्चालन गर्दै आएका छन् । जडिबुटी व्यवसायी संघको कार्यसमिति हुँदै टंकले महासचिवसम्मको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन् । जडीबुटी व्यवसायीको हकहित र अधिकारको सवालमा टंकले पुर्याएको योगदान अतुलनिय रहेको जडीबुटी व्यवसायीहरु बताउँछन्। राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार व्यवसायबारे राम्रो जानकार टंकले चीन, थाइल्याण्ड, इण्डोनेसिया, जर्मन, बेलायत, फ्रान्सलगायतका देशको भ्रमण समेत गरिसकेका छन् । गायत्री ट्रेड सेन्टरका सन्चालक टंकप्रसाद शर्मा आगामी माघ ११ गते हुने नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहको तर्फबाट सदस्य पदका उम्मेदवार हुन् ।
टेक बहादुर खड्का (सदस्य)
टेक बहादुर खड्का नेपालगन्जका जुत्ता चप्पलको होलसेल व्यापारी हुन् । नेपालगन्ज उपमहानगरपालिका २ बागेश्वरी टोलमा रहेको टि.एस टे«डसका सन्चालक हुन् । ५१ बर्ष अघि अछाम जन्मिएका टेकबहादुर व्यापारका शिलशिलामा नेपालगन्जमा झरेका थिए । हाल उनी नेपालगन्जबासी हुन् । अछामी सेवा समाज बाँकेको दुई पटक नेतृत्व सम्हालिसकेका टेक बहादुरले प्रजातान्त्रिक उद्योगी व्यवसायी संघको सदस्यको रुपमा पनि भूमिका निभाइ सकेका छन । सामाजिक कार्यमा सक्रिय टेक बहादुर हाल पश्चिमेली एकता सेवा सञ्जालका बरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा छन् । कैलालीको चुरे संरक्षण केन्द्रको उपाध्यक्ष, कर्णाली रिभर साइड युवा क्लव लम्कीको सचिव, किसान बहुउद्देश्यीय संस्था लम्की संस्थापक सदस्यको भुमिका समेत उनले निभाइसकेका छन् । बाँके अछाम सम्पर्क समितिको बरिष्ठ सल्लाहकार टेकबहादुर जुत्ता चप्पल व्यवसायी संघको बरिष्ठ सल्लाहकार पनि हो । टेक बहादुर खड्का आगामी माघ ११ गते हुने नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहको तर्फबाट सदस्य पदका उम्मेदवार हुन् ।
बदरुद्दिन अन्सारी (सदस्य)
बदरुद्दिन अन्सारी नेपालगन्जका चर्चित दुग्ध व्यवसायी हुन् । नेपालगन्ज उपमहानगरपालिका २ घरबारी टोल निवासी बदरुद्दिन नेपालगन्ज हविव मिल र जय बागेश्वरी दुग्ध उत्पादक सेवाका सन्चालक हुन् । दुग्ध व्यवसायी संघ बाँकेका अध्यक्ष समेत रहेका बदरुद्दिन चर्चित सुटिंग खेलाडी हुन् । २०४३ सालदेखि खेलकुदमा सक्रिय बदरुद्दिनले श्रीलंका, पाकिस्तान, भारत, बंगलादेशमा थुप्रै पटक नेपाली झण्डा फहराउँदै नेपाललाई पदक समेत जिताएका छन् । व्यवसाय, खेलुकदसँगै बदरुद्दिन सामाजिक संघसंस्थामा समेत नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । बद्दरुद्दिन एमनेष्टी इन्टरनेशनल ग्रुप ६२ को सदस्य, मानव अधिकार सचेतना मंच एफा, नेपाल क्षयरोग निवारण संस्था बाँकेको उपसभापति पदमा रहेर आफ्नो जिम्मेवारी कुशलता पूर्वक निर्वाह गरिसकेका छन् । बदरुद्दिन अन्सारी आगामी माघ ११ गते हुने नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहको तर्फबाट सदस्य पदका उम्मेदवार हुन् ।
विष्णु प्रसाद श्रेष्ठ (सदस्य)
विष्णु प्रसाद श्रेष्ठ नेपालगन्जका प्रसिद्ध जुत्ता चप्पल ब्यवसायी हुन् । पाल्पाबाट २०५३ सालमा नेपालगन्ज झरेका विष्णुले न्यूरोडमा जुत्ता चप्पलको थोक व्यवसाय सन्चालन गरेका हुन् । लुम्बिनी इन्टरप्राइजेजका सन्चालक विष्णु नेपालगन्ज जुत्ता, चप्पल व्यवसायी संघका अध्यक्ष समेत हुन् । व्यवसायसँगै सामाजिक सेवामा समेत उत्तिकै क्रियाशील विष्णु लियो क्लव हुँदै लायन्स क्लव अफ नेपालगन्ज सुर्योदयको अध्यक्ष, नेपालगन्ज लायन्स क्लवको सदस्य समेत छन् । सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्जको सदस्य समेत रहेका विष्णु नेवा पुचः बाँकेको सल्लाहकार पनि हुन् । मिडियामैत्री विष्णु रेडियो सद्भावका शेयरधनीसँगै जुमा स्पोर्टस क्लवको आजिवन सदस्य हुन् । विष्णु प्रसाद श्रेष्ठ आगामी माघ ११ गते हुने नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहको तर्फबाट सदस्य पदका उम्मेदवार हुन् ।
दिपेन्द्र राज श्रेष्ठ (सदस्य)
दिपेन्द्र राज श्रेष्ठ नेपालगन्जका मासु र दुग्ध व्यवसायी हुन् । नेपालगन्ज उपमहानगरपालिका १३ स्थित यम्मी फुड्स प्रालिका सन्चालक दिपेन्द्र युवा व्यवसायी हुन् । करिव २३ बर्षदेखि व्यवसायीक क्षेत्रमा क्रियाशील दिपेन्द्र हाल मासु एशोसिएशन बाँकेका अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ । पशुपति अटो पार्टस र के.एल इन्टरप्राइजेजको प्रोप्राइटर रहेका दिपेन्द्र विपि चोकमा रहेको मिट मार्टका प्रबन्ध निर्देशक समेत रहनुभएको छ । व्यवसायसँगै सामाजिक संघसंस्थमा समेत दिपेन्द्रको आवद्धता छ । लियो क्लव अफ नेपालगन्ज र नेवा पुचः बाँकेको कोषाध्यक्षको जिम्मेवारी निर्वाह गरिसक्नुभएका दिपेन्द्र राज श्रेष्ठ आगामी माघ ११ गते हुने नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहको तर्फबाट सदस्य पदका उम्मेदवार हुन् ।
सन्तोष कुमार बैश्य (सदस्य)
सन्तोष कुमार बैश्य गणपति फुड इण्डस्ट्रिजका सञ्चालक हुन् । सन्तोषले नेपालगन्ज उपमहानगरपालिका २० राझामा विविध खाद्यान्न उत्पादन र विक्रीवितरणको व्यवसाय सन्चालन गर्दै आएका छन् । सन्तोषको यो पुस्ताने व्यवसाय हो ।
सुरेन्द्र सिंह सरदार (सदस्य)
सुरेन्द्र सिंह सरदार विविध विद्युतीय सरसामानको कारोवार गर्ने, पम्प, भल्भ तथा कप्रेसर सम्वन्धी कारोवार गर्ने नेपालगन्जका युवा व्यवसायी हुन् । नेपालगन्ज उपमहानगरपालिका १६ निवासी सुरेन्द्र नन्द इण्डस्ट्रीजका सञ्चालक हुन् । व्यवस्थापन संकायमा स्नाकोत्तर सुरेन्द्र शिक्षित र अनुभवि युवा व्यवसायी हुन् । व्यवसायसँगै सामाजिक, शैक्षिक सेवामा समेत क्रियाशील सुरेन्द्र महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका अध्यापक हुन् । गुरुकुल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुरेन्द्रले लाइन्स क्लव अफ गोल्डेनका पूर्व अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निभाइसकेका छन् । बाँके डेन्टल क्लिनिकका शेयर होल्डर, सरदार व्याट्री हाउसका प्रबन्धक समेत रहेका सुरेन्द्र सिंह सरदार आगामी माघ ११ गते हुने नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहको तर्फबाट सदस्य पदका उम्मेदवार हुन् ।