मख्खन बहादुर धामी नेपालगन्जका सफल युवा व्यवसायी हुन् । विगत १६ बर्षदेखि साविकको मध्य र सुदूरपश्चिममा खाद्यान्न पुर्याउँदै आएका छन् । खाद्यान्नको थोक विक्रेता मख्खन नेपालगन्ज उपमहानगरपालिका २ मा रहेको निकिता इन्टरप्राइजेजका सञ्चालक हुन् । व्यवसायसँगै, सामाजिक सेवामा क्रियाशील मख्खन राजनीतिमा पनि उत्तिकै अब्बल छन् ।
महेन्द्र बहुमुखि क्याम्पसका पूर्व स्ववियु सदस्य, लायन्स क्लव अफ नेपालगन्जका पूर्व सचिव, बर्दिया नेपालगन्ज सम्पर्क समितिका पूर्व सभापति मख्खन रेडियो सदभावका बोर्ड अफ डाइरेक्टर हुन् । मख्खन बहादुर धामी आगामी माघ ११ गते हुने नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहको तर्फबाट सदस्य पदका उम्मेदवार हुन् ।