बाँकेमा लगानी सम्मेलनको चर्चा !


नेपालगन्ज ७ माघ – नेपालगन्ज पश्चिम नेपालको आर्थिक ‘हब’का रुपमा स्थापित छ । उद्योग विभागको तथ्यांक हेर्ने हो भने हालसम्म बाँकेमा अर्वौ लगानीका झण्डै सय ठुला उद्योग स्थापना भई सन्चालनमा छन् भने घरेलु तथा साना उद्योगको संख्या पाँच हजार भन्दा माथि छ ।

उद्योग क्षेत्रमा पश्चिम नेपालका अरु जिल्ला भन्दा संख्या र लगानीका हिसावले बाँके अगाडी देखए पनि पर्याप्त भने होइन । आर्थिक क्षेत्रका जानकारहरु बाँकेको प्रशस्त सम्भावना हुँदा हुँदै पनि लगानीकर्ताहरु आर्कषित हुन नसकेको बताउँछन् ।  काठमाण्डौंमा बसेर पश्चिमलाई हेर्ने राज्य सन्चालक र लगानीकर्ताको सोंचमा भिन्नता देखिएन । जहाँ राज्यको ध्यान केन्द्रित भयो त्यहाँ लगानीकर्ता आर्कषित हुने कुरा नौंलो पनि होइन । लगानी सुरक्षाका लागि राज्यको ध्यान जहाँ छ त्यहाँ लगानी खन्याउने गरिएको छ ।

यि बाहेक दश वर्षे द्धन्द्धको सबैभन्दा धेरै मार खेपेको बाँकेले लगानीकर्ता आर्कषण गर्ने त टाडाको कुरा भएकै लगानी समेत जोगाउन नसकेको अवस्था थियो । ठुला लगानीका कयौं उद्योग बन्द भए त्यसबेला । तर देशमा शान्ती स्थापना र नयाँ संविधान मार्फत संघीयता कार्यान्वयन भएपछि बाँकेमा ठुला लगानीकर्ता धमाधम भित्रिन थालेका छन् । जानकी गाउँपालिकामा चार सय करोड लगानीको अम्बे छड उद्योग स्थापना त्यसैको एउटा उदाहरण हो ।

‘पहिल्यैदेखि बाँके लगानीका लागि उपयुक्त ठाउँ हो ।’ नेपाल प्लाईउड उत्पादक संघका पूर्व अध्यक्ष समेत रहेका उद्योगी चम्पालाल बोथरा भन्छन्–‘अहिले सम्भावनाको ढोका अझ फराकिलो बन्दै छ ।’ लगानीको माहोल बनाउन बाँकेमा पछिल्लो समय तिव्र बहस र छलफल हुन थालेका छन् । त्यसका लागि लगानी सम्मेलनको चर्चा समेत भइरहेको छन् । अहिले स्थानीय तहदेखि संघीय सरकारसम्मले लगानी सम्मेलन मार्फत लगानीकर्ताको ध्यान खिचिरहेका बेला बाँकेमा पनि लगानी सम्मेलनको बहस तात्तिदै गएको हो ।

नेपालगन्ज उद्योग वाणिज्य संघको यही माघ ११ गते हुने निर्वाचनमा समेत लगानी सम्मेलनको विषयले चर्चा पाएको छ । अब्दुल वाहिद मन्सुरी नेतृत्वको समावेशी प्यानलले आफ्नो घोषणापत्रमा लगानी सम्मेलन मार्फत बाँकेमा लगानीकर्ताको ध्यानार्कषण गराउने कुरालाई प्राथमिकताका साथ उठाएको छ । उसले आफ्नो प्रतिवद्धतापत्रको दुई नम्बर बुँदामा यस्तो भनेको छ,–

हुँदै पनि अपेक्षाकृत उद्योगको संख्या बढ्न सकेको छैन । नेपाल र भारत व्यापारको ढोका खोल्ने, एकिकृत भन्सार चेकपोष्ट (क्ष्ऋए), रेलमार्ग बिस्तार, नौवस्ता औद्योगक क्षेत्र, बिशेष आर्थिक क्षेत्र ‘सेज’ जस्ता योजना कार्यान्वयनको चरणमा रहेका बेला आगामी दिनमा यहाँ सानादेखि ठूला लगानीका उद्योग, करकारखाना स्थापना हुने प्रशस्त सम्भावना छ । यसका लागि लगानीकर्तालाई आर्कषित गर्न हाम्रो पहलकदमी पनि आवश्यक देखिन्छ । तसर्थ देश/ बिदेशका लगानीकर्तालाई बाँकेमा आकर्षित गर्न स्पष्ट योजना सहित ‘लगानी सम्मेलन’, अन्र्तराष्ट्रियस्तरको कृषि तथा औद्योगिक प्रदर्शनी जस्ता बिषयगत मेला आयोजना गर्ने प्रतिवद्धता जनाउँदछौं । लगानी बोर्डलाई आह्वान गरी बिज्ञ समूह मार्फत त्यसको स्पष्ट खाका निकट भविष्यमै निर्धारण गर्नेछौं । लगानी सम्मेलन र कृषि तथा औद्योगिक प्रदर्शनीले बाँकेमा लगानी गर्नका लागि राज्य र लगानीकर्ताको ध्यान यसतर्फ खिचिने छ ।

ललित रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक प्यानलले बाँके जिल्लाको लगानीका लागि उपयुक्त ठाउँ भएकाले लगानीकर्तालाई आर्कषित गर्ने वातारण सिर्जना गरिने प्रतिवद्धता जनाएको छ । यि घोषणापत्र कार्यान्वयन हुन्छन् वा हुँदैनन आगामी दिनमा थाहा होला तर यसले बाँकेमा लगानीकर्ता तान्ने बहसलाई उचाईमा पुर्याइदिएको बताउँछन् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ । उनी भन्छन्,–‘लगानीका लागि उपयुक्त वातावरण बनेको छ । अब हामीले लगानीकर्तालाई ल्याउन मात्र बाँकी छ । त्यसका लागि पहल गरौ ।’

प्रकाशित मितिः     ७ माघ २०७६, मंगलवार १०:०५  |