रु २२ करोड लागतको कैलाश कोल्ड स्टोरेज निर्माणको काम सुस्त गतिमा


बाँके, ८ माघ ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत बाँकेको बैजनाथ गाउँपालिका–७, पेडारीमा निर्माण भइरहेको कैलाश कोल्ड स्टोरेज एन्ड एग्रो प्रालिको काम सुस्त गतिमा भइरहेको छ । विभिन्न कारण देखाउँदै कृषि, भूमि ब्यवस्था तथा सहकारी मन्त्रालयले अनुदान रकम रोकेपछि निर्माणको कामले गति लिन नसकेको हो ।

सरकारको ५१ प्रतिशत अनुुदान र कैलाश कोल्ड स्टोरेज एन्ड एग्रो प्रालिको ४९ प्रतिशत लगानीमा निर्माण भइरहेको कोल्ड स्टोरेजको काम एकदमै सुस्त गतिमा भइरहेको कम्पनीका संचालक सदस्य यमनाथ पौडेलले बताए । उनले दुई बर्षमा पूर्वाधार निर्माण गरि संचालन गर्ने सम्झौता भए पनि रकम अभावका कारण सन्तोषजनक काम हुन नसकेको स्वीकार गरे । यहि गतिमा काम भए अझैँ दुई बर्ष लाग्ने देखिन्छ ।
साउन, २०७५ बाट निर्माणको काम सुरु भएको बताए ।

उनले एक बर्ष ७ महिनामा पूर्वाधारतर्फ ५० प्रतिशत काम मात्र सम्पन्न भएको जानकारी दिए । उनले भदौँ–असोज, २०७५ मै सक्नेगरि ठेकेदार कम्पनीसँग सम्झौता भएको बताए । सम्झौता भएको तीन महिनामा निर्माण सम्पन्न गरि कोल्ड स्टोर संचालनमा ल्याउने तयारी थियो । ‘सरकारले पहिलो किस्ता बापतको रकम समेत नपठाउँदा काम अगाडी बढाउन कठिन भएको छ,’ पौडेलले भने ।

सरकारले अनुदान रकम रोकेको बताए पनि कारण खुलाउन चाहेनन् । सम्झौता सकिन ६ महिना बाँकी भए पनि अहिलेसम्म फाउन्डेशनको काम समेत पूरा हुन सकेको छैन । कोल्ड स्टोरेजका लागि अति आवश्यक पर्ने एसी राख्ने भवनको पिलर समेत उठ्न नसकेको अवस्था छ । ‘एसी जडानका लागि निर्माण भइरहेको भवनको पिलर जमिन मुनीको पिलर उठाउँदा उठाउँदै रोकिएको छ,’ उनले भने ।

कैलाश कोल्ड स्टोरेजले मोविलाइजेसन बापत कृषि मन्त्रालयबाट दुई करोड ३० लाख रुपैयाँ भुक्तानी लिइसकेको छ । भने बैंकबाट पाँच करोड ऋण लिएको छ । अहिलेसम्म सात करोड ३५ लाख रुपैयाँ खर्च भइसकेको पौडेलले बताए । उनले छड र सिमेन्ट बापतको रकम बुझाउन नसक्दा काममा ढिलाई भएको बताए । ‘मन्त्रालयले अव पनि रकम निकासा नगरे काम अगाडी बढाउन सक्ने अवस्था छैन,’ हार्डवेयरका ब्यापारी समेत रहेका पौडेलले भने ।

१० बर्षसम्म किसानलाई ३० प्रतिशत छुट

बाँकेका कृषकलाई सहुलियत दरमा भण्डारणको सुविधा दिई तरकारी तथा फलफूल खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले कोल्ड स्टोरेज संचालनमा ल्याउन लागिएको पौडेलले बताए । उनले कोल्ड स्टोरेज संचालनमा आएको १० बर्षसम्म विक्री गर्न नपाइने र संचालन भएको सोही अवधिसम्म कृषकलाई भण्डारणमा ३० प्रतिशत छुट दिने सम्झौता मन्त्रालयसँग भएको छ ।

बाझो रहेको जमिनमा तरकारी खेती गर्न कृषकलाई आकर्षित गर्ने र बजारिकरणका लागि टेवा पु¥याउने उद्देश्य रहेको उनले बताए । उनका अनुसार, बैजनाथ, खजुरा र कोहलपुर क्षेत्रका पाँच हजार किसानलाई समेट्ने लक्ष्य कम्पनीको छ । फलपूmल, आलू, माछा र मासु भण्डारणका लागि निर्माण भइरहेको उक्त स्टोरेजको क्षमता पाँच हजार टन रहेको छ । ‘सरकारले दिएको सुविधा विपन्न तथा साना किसानसम्म पु¥याई उनीहरुको जीवनस्तर उकास्ने परियोजनाको मुख्य उद्देश्य हो,’ प्रोजेक्ट मेनेजर समेत रहेका पौडेलले भने ।

कोल्ड स्टोरेज निर्माणमा सरकारको ५१ प्रतिशत अनुदान

कम्पनीमा चार जना सदस्य छन् । कुल २२ करोड ३४ लाख ६२ हजार लागतमा निर्माण हुन लागेको उक्त कोल्ड स्टोरेजका लागि सरकारले ११ करोड ५० लाख र कम्पनीले १० करोड ८४ लाख ६२ हजार ब्यहोर्ने सम्झौता छ । कम्पनीलले अहिलेसमम दुई करोड ३० लाख भुक्तानी लिइसकेको जनाएको छ ।

प्रकाशित मितिः     ९ माघ २०७६, बिहीबार ०८:१२  |