नेपालगन्जमा बन्यो विपद् सहायता कक्ष


नेपालगन्ज ८ पुस – बाँके,बर्दियालाई लक्षित गर्दै विपद् व्यवस्थापनका लागि नेपालगन्ज विमानस्थलमा मानविय सहायता कक्ष स्थापना गरिएको छ । बिहिवार नेपालगन्ज विमानस्थलमा बनेको मानवीय सहायता कक्षको गृह सचिब प्रेम कुमार राइ र नेपालकालागि बेलायती राजदुत मिकोला पोलिटले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

विपद ब्यवस्थापनमा मानवीय सहायताका लागि सहायतास्थलल्े सहयोगी भुमिका खेल्ने बेलायती राजदुत मिकोलाले बताइन । बिगतमा कर्णाली, बबई, राप्ती र भेरी नदिमा आएको बाढिका कारण धरै जनधनको क्षति भएको तर्फ ईगित गर्दै मिकोलाले विमानस्थलमा स्थापना गरीएको सहायता स्थल धेरै महत्वपुर्ण रहेको उल्लेख गरिन ।

काठमाण्डौँ, धनगढिपछि स्थापना भएको सहायता स्थल नेपालगन्जमा तेस्रो रहेको गृह सचिव प्रेम कुमार राईले बताए । सात वटै प्रदेश र सबै दुर्गम बिमानस्थल रहेको ठाउमा गरि १२ वटा सहायता स्थल निर्माण गर्ने योजना रहेको राईले जनाए । राईले सहायता स्थल निर्माण भएपनि कर्मचारी ब्यबस्थापनमा समस्या रहेको हुदा यथासिघ्र सबै ठाँउमा कर्मचारी ब्यबस्थापन प्रक्रिया अगाडी बढाईने बताए । सबै स्थानिय तहहरु प्रत्यक्ष जोडिने भएको हुदा सबै तहरुले यस स्थलको उपयोग गर्न सक्ने राईले स्पष्ट पारे ।

कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले बाँके जिल्ला बिपदको जोखिममा रहेको हुदा मानबिय सहायता स्थल निर्माण पश्चात केहि सहजता पक्कै आउने भन्दै स्थापन गर्न मुख्य भुमिका खेल्ने नेपाल सरकार र बिभिन्न संघ संस्थालाई धन्यवाद समेत दिएका थिए । उनले जिल्लामा हुने बिपद न्युनिकरणका लागि सहायता कक्षको भुमिका महत्वपुर्ण रहने विश्वास व्यक्त गरे ।

मानबिय सहायता स्थलमा बिपदका बेला आबश्यक पर्ने कन्टेनर, बिपद सामाग्रीहरु रहेका छन । जहाँ विकट पहाडी जिल्लामा केहि समस्या भएको खण्डमा पनि यहाँ बिभिन्न समाग्रीहरु भण्डारण गर्न सकिने ब्यवस्था समेत गरिएको छ ।

प्रकाशित मितिः     ९ माघ २०७६, बिहीबार १७:४०  |