नेपालगन्ज ९ माघ – नेपालगञ्ज १० चारवाहिनी ब्यारेक सगै रहेको हेल्थ केयर अस्पताल तथा प्रसूति गृहले प्रत्येक वर्ष पौष अन्तिम साता पर्ने गरि सन्चालन गर्दै आएको एचसिआरसी कप दोश्रो संकरणको उद्घाटन तथा २२ वटा खेलहरु सम्पन्न भएका छन् ।
अस्पतालका संरक्षक तथा जाजरकोट जिल्लाका पुर्व सभापति बलराम शाहको सभापतित्वमा सम्पन्न भएको समुद्घाटन समारोहको प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक शिब बहादुर सिंह रहेका थिए । कार्यक्रममा खेल आयोजना गर्नुको लक्ष्य उद्देश्य माथि प्रकाश तथा स्वागत मन्तव्य आयोजक अस्पतालका संस्थापक तथा स्त्रीरोग बिषेशज्ञ डा. कुमार शान शाहले गरे ।
समुद्घाटन समारोहमा अतिथिहरुले प्रतियोगिताको सफलताको शुभकामना मन्तब्य दिदै, अस्पतालले राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरेर महत्वपुर्ण कार्य गरेकोमा अस्पताललाई धन्यवाद दिए । समुद्घाटन समारोहमा अतिथिको रुपमा बाँके जिल्ला ब्याटमिन्टन सँघका अध्यक्ष रोहीत टण्डन,क्षेत्रिय खेलकुद बिकाश समितिका पुर्व उपाध्यक्ष तथा नरेन्द्र थापा,नेपाल खेलकुद पत्रकार संघका बाँके अध्यक्ष जयनारायण शाह,गैससका पुर्व अध्यक्ष तेज बिक्रम शाह, ब्याटमिन्टनका राष्ट्रिय प्रशिक्षक जयन्त श्रेष्ठ, ब्याटमिन्टनका अन्तराष्ट्रिय रेफ्री दिपक शाही, गैससका अध्यक्ष नमस्कार शाह,उद्योग बाणिज्य सँघको उपमहासचिब तारा रोकाय,नागरिक पश्चिमेलीका सम्पादक कमल खत्री,लगाएत बिभिन्न कार्यालय र सँघ सस्थाको प्रमुखहरु र खेल प्रेमी तथा खेलाडिहरुको उपस्थिती रहेको थियो ।
प्रतियोगितामा बाँके,दाङ्ग,जाजारकोट,बुटवल,बर्दिया,सुर्खेत तथा भारतको बहराईज गरि खुल्ला डबल्स म्याचमा जम्मा ४६ टिमको सहभागिता रहेको छ । त्यसै गरि बाँका १० वटा बिद्यालयबाट छात्र ३८ जना र छात्रा २७ जना गरि ६५ जना खेलाडीहरुले भाग लिएका छन् ।
उद्घाटनमा २२ वटा खेलहरुमा १.पहिलो खेलमा बिनोद पौडेल र राजु थापा ( बुटवल ) ले वाकओभर पाएका छन् । २.दोश्रो खेलमा ईरफान अन्सारी र सचीन चौधरी ( बाँके ) स्कोर २१/१२ र २१/१५ ले बिजेता भएका छन् । ३. तेश्रो खेलमा खगेन्द्र खत्री र नगेन्द्र थापा ( सुर्खेत ) स्कोर २१/१३ र २१/८ ले बिजेता भएका छन् । ४. तेश्रो खेलमै रियाज अन्सारी र भरत चन्द –बाँके) स्कोर २१/१४ र २१/६ ले बिजेता भएका छन् । विजेताहरु क्याटर फाईनलमा पुगेका छन् भने भोली बिहान ८ बजे देखि बाँकी सेमी तथा क्याटर फाईनलका खेलहरु खेलाईने व्यवस्थापक रमेश सिटौलालले बताए ।