सडकमा सुतेको बाघको ‘टिकटक’ !


नेपालगन्ज ९ माघ – आँखै अगाडी बाघ ! यस्तो अवसर बर्दिया राष्ट्रिय निकुञ्जमा पाइन थालेको छ ।

उक्त निकुञ्जमा पर्ने महेन्द्र राजमार्गमा आवत–जावत गर्ने जोकोहीले बाघ प्रत्यक्ष देख्ने अवसर पाउँछन् ।

सडकमा घाम तापेर सुतिरहेका बाघ देख्नु अहिले सामान्य भइसकेको होटल गुन्द्रुक बर्दियाका सन्चालक गोविन्द गुप्ता बताउँछन् ।

सुतिरहेको बाघको ‘टिकटक भिडियो’ बनाउन समेत भ्याएका छन् । यद्यपी उक्त भिडियो कार भित्रबाट खोजिएको हो ।

अन्यथा दुर्घटना निम्त्याउने खतरा हुन्छ । आश्मा कार्मी नाम गरेको प्रयोगकर्ताले बनाएको उक्त भिडियो शेयर गर्दै होटल गुन्द्रुकले बर्दियामा आउन पर्यटकसंग अनुरोध गरेको छ ।

गुप्ताले आँखै अगाडी बाघ देखिने भएकाले बर्दिया निकुञ्जमा पर्यटक लोभिएको बताउँछन् । बर्दिया राष्ट्रिय निकुञ्ज बिश्वमै प्रख्यात छ ।

करिब ९६८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । बर्दिया राष्ट्रिय निकुञ्जको प्रमुख कार्यालय ठाकुरद्वारामा रहेको छ,जुन पुर्व–पश्चिम राजमार्गको अम्रेनी बाट दक्षिण तर्फ बाटो छुट्टिएको छ । यो निकुञ्ज नेपालको पश्चिममा कर्णाली नदीको पूर्व तिरको तराइ प्रदेशमा अवस्थित छ ।

सन् १९६८मा शाही शिकार आरक्षको रूपमा स्थापना गरिएपनि सन् १९६७मा करिब ३६८ वर्ग किलोमिटर क्षेत्रफलको उक्त आरक्षणलाई शाही कर्णाली वन्यजन्तु आरक्षको रूपमा घोषणा गरियो । पछि सन् १९८२मा यसलाई शाही बर्दिया वन्यजन्तु आरक्ष नामाकरण गरियो र सन् १९८४मा पुनः बबई नदी आसपासको क्षेत्रलाई समेटियो ।

सन् १९८८मा आएर बर्दिया राष्ट्रिय निकुञ्जको रूपमा यस क्षेत्रलाई घोषणा गरिएको थियो । पूर्णरूपमा तराइ क्षेत्रमा रहेको यस राष्ट्रिय निकुञ्ज स्थापनाको प्रमुख उद्देस्य बाघ तथा यसको शिकारको संरक्षण भएपनि गैंडा, घडियाल गोही, डल्फिन जस्ता अत्यन्तै लोपोन्मुख वन्यजन्तुहरू यसमा संरक्षित छन ।

पहिला पहिला बर्दियाको बघौरा फांटमा राजाहरू बाघ तथा हात्तीको शिकारको लागि आउने गर्दथे। यहि क्रममा एकपटक शिकारको लागि आएका राजाले शिकारको लागि बाघ नपाएपछि त्यस क्षेत्रलाई राजाको शिकार क्षेत्रको रूपमा संरक्षण गर्न सुरूवात गरेका थिए। पछि त्यहि क्षेत्रलाई कर्णाली संरक्षण क्षेत्रको रूपमा चिनियो । पछि सन् १९८२मा यसलाई शाही बर्दिया वन्यजन्तु आरक्ष नामाकरण गरियो र सन् १९८४मा पुनः बबई नदी आसपासको क्षेत्रलाई समेटियो ।

सन् १९८८मा आएर बर्दिया राष्ट्रिय निकुञ्जको रूपमा यस क्षेत्रलाई घोषणा गरिएको थियो । बर्दिया राष्ट्रिय निकुञ्जमा पृथक तीन किसिमको हावापानी हुने गर्छ आश्विन देखि फाल्गुणसम्म मौसम सुख्खा हुन्छ, यो समयमा दिनहरू न्यानो हुन्छन् भने रात ठन्डा रहने गर्छ ।

बैशाख देखि असार महिना सम्म गर्मी मौसम हुन्छ, यती बेला यहाँको तापक्रम बढेर ४५ डिग्रि सेन्टिग्रेट सम्म पुग्ने गर्छ । त्यसपछिका महिनामा भारी बर्षातको मौसम शरु हुन्छ। यहाको माटो एकदमै कोमल भएको हुँदा बर्षातमा धेरै हिलो हुने गर्दछ ।

निकुञ्ज अन्तर्गत चुरेको माथिल्लो भागतिर केही सल्लाका जंगलहरू छन् भने तराईको धेरैजसो भाग सालको जंगलले ढाकेको र बीच बीचमा घाँसे मैदान रहेको छ । पाटे बाघ, एक सिंगे गैंडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना, बाह्रसिङ्गा र जंगली हात्ती लगायत ५६ प्रजातिका स्तनधारी वन्यजन्तु यसनिकुञ्जमा पाइन्छन् ।

जलचरहरूमा घडियाल गोही, मगर गोही, सोंस र विभिन्न किसिमका माछा यहाँ पाइन्छन् । यस निकुञ्जमा हालसम्म ४३८ थरी रैथाने र बसाई सरी आउने चराहरूको अभिलेख गरिएको छ । पर्या पर्यटनको प्रचुर सम्भावना रहेको यस निकुञ्जमा वर्षेनी पर्यटकको संस्था बढिरहेको छ ।

प्रकाशित मितिः     १० माघ २०७६, शुक्रबार ११:३६  |