बाँके ११ माघ – नेपालगञ्ज उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शनिवार बिहान नौं बजेबाट मतदान शुरु भएको छ । तीन हजार बढि मतदाता रहेको संघको मतदान साँझ पाँच बजेसम्म चल्ने छ ।
निर्वाचनमा अब्दुल वाहिद मन्सुरी नेतृत्वको समावेशी प्यानल र ललित रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक प्यानलबीच प्रतिस्पर्धा हुने छ । समावेशी प्यानलको तर्फबाट अध्यक्ष पदमा अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’, उपाध्यक्ष (वाणिज्य) तर्फ ज्ञानेन्द्र श्रेष्ठ, उपाध्यक्ष (उद्योग) तर्फ आदेश अग्रवाल उम्मेदवार छन् ।
त्यस्तै सदस्यमा टंक धामी,अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, राजेश बैश्य, धर्म अर्याल, बिजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनिल बानिया ‘पप्पु’, मन्दिरा पाण्डे, भिम रानाभाट उम्मेदवार छन् । बस्तुगत तर्फ भिमलाल कँडेल (होटल व्यवसायी संघ बाँके अध्यक्ष) , सिद्धान्तजङ्ग राणा सिद्धु (टेन्ट व्यवसायी संघ बाँके)ले मनोनयन दर्ता गर्नुभयो । यसैगरी एशोसिएट तर्फ दिपेन्द्र विष्ट र सुवास विक्रम जिसी उम्मेदवार छन् ।
त्यस्तै ललित कुमार रौनियार नेतृत्यको तर्फबाट उद्योग उपाध्यक्षमा तपेन्द्र विक्रम शाह र बाणिज्य उपाध्यक्षमा अमित बस्नेतले उम्मेदवारी दिएका छन् ।
यस्तै सदस्य पदमा अजय कुमार टण्डन, सुुनिल सिंघल, बिन्दु चर्तीमगर, टेकबहादुर खड्का, बदरुदिन अन्सारी, बिष्णु प्रसाद श्रेष्ठ, टंक प्रसाद शर्मा, मख्खन बहादुर धामी, सन्तोष कुमार बैश्य, तेजनारायण कँडेल, दिपेन्द्र राज श्रेष्ठ र सुरेन्द्र सिंह सरदारले उम्मेदवारी दिएका छन् ।