नेपालगन्ज १२ माघ -नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा समावेशी समूहले बहुमत सहित बिजयी हासिल गरेको छ । शनिवार भएको निर्वाचनको मत परिणाम आईतवार अवेर राती सार्वजनिक हुँदा समावेशी समूहबाट अध्यक्षमा अब्दुल वाहिद मन्सुरी, उपाध्यक्ष आदेश अग्रवाल सहित बहुमत सदस्य बिजयी भए ।
वाणिज्य उपाध्यक्षमा साझा प्रजातान्त्रिकका अमित बस्नेत बिजयी भए ।
त्यस्तै सदस्य पदमा समावेशी प्यानलका आठ र साझा प्रजातान्त्रिक प्यानलका चार जना सदस्य बिजयी भए । समावेशी प्यानलबाट हरिलाल न्यौपाने, चिरञ्जीवी ओली, श्यामसुन्दर अधिकारी, विजय भण्डारी (बासु), मन्दिरा पाण्डे, धर्मराज अर्याल, टंक बहादुर धामी र भिम बहादुर रानाभाट तथा साझा प्रजातान्त्रिक समुहबाट टंक प्रसाद शर्मा, बिन्दु चर्ती मगर, बिष्णु प्रसाद श्रेष्ठ र टेक बहादुर खड्का विजयी भए ।
त्यस्तै एशोसिएट तर्फ समावेशीका दिपेन्द्र बिष्ट र प्रजातान्त्रिकका सन्जय अग्रवाल बिजयी भए । बस्तुतगत तर्फ साझा प्रजातान्त्रिकका सलाउद्धिन जसगढ बिजयी भए ।
यि हुन नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमिति सदस्य