नेपालगन्ज- नेपालगन्ज उद्योग वाणिज्य संघको गत शनिवार सम्पन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार ललित रौनियारले पराजित भए पनि आफु व्यवसायीका समस्या समाधान गर्न सक्रिय रहने बताएका छन् ।
रौनियारले निर्वाचन परिणाम आएको भोलीपल्ट सार्वजनिक प्रतिक्रिया दिदै यस्तो बताएका हुन ।
‘परिणाम जे सुकै होस म निराश छैन । यहाँहरुको यो अपार समर्थन, निस्वार्थ प्रयास र सम्मानजनक मत दिनु भएकोमा धन्यावद । लोकतान्त्रिक पद्धतीमा जित र हार एउटा स्वाभाविक प्रक्रिया हो । म पदमा रहु नरहु तपाईंहरुको हरेक समस्यामा तपाईको साथमा रहने छु ।’
रौनियारले निर्वाचनमा साथ र सहयोग दिनेसम्पूर्ण शुभचिन्तक ,साथी भाइ,ईष्टमित्र प्रति सम्मान व्यक्त गरेका छन् ।