यातायात कार्यालयमा यि कम्पनीले दिने छन् तेस्रो पक्ष बीमाको सेवा


नेपालगन्ज – यातायात कार्यालय भेरीमा रहेको तेस्रो पक्ष बीमा सेवा प्रदायक काउन्टरहरु हटेका छन् ।

नेपाल बीमक सँघको निर्णयलाई पालना गर्दै यातायात ब्यवस्था कार्यालय नेपालगँज नजिक रहेका तेस्रो पक्ष बीमा सेवा प्रदायक काउन्टरहरु हटेका हुन ।

उक्त क्षेत्रमा यहि माघ १ गते देखि लागू हुने गरि युनाइटेड इन्स्योरेन्स र दि ओरियन्टल इन्स्योरेन्सले पुल कम्पनीको रुपमा कार्य गर्दै आएका छन् ।

नेपाल बीमक सँघले गरेको उक्त निर्णयलाई अक्षरस पालना यातायात ब्यवस्था कार्यालयको दक्षिण तर्फबाट लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो पक्ष बीमा काउन्टर हटाइएको प्रबन्धक यज्ञ सापकोटाले बताए ।

त्यहाँबाट हटेका बीमा कम्पनीले आफ्ना कार्यालयबाट सेवा भने दिने छन् ।

प्रकाशित मितिः     १५ माघ २०७६, बुधबार १९:१०  |