नेपालगन्ज १६ माघ – महावीर पुनले विद्यालयमा आवश्यक पर्ने विज्ञान प्रयोगशालाका सामाग्री देशमै उत्पादन हुनुपर्ने बताएका छन् । त्यसका लागि पहल गर्ने उनको भनाई छ ।
पुन बिहिवार नेपालगन्जका पत्रकारसंग भेटघाट गर्दै थिए । उक्त अवसरमा उनले भने,–‘विद्यालयमा पढाई हुने विज्ञानका सामाग्रीमा समेत विदेशमा निर्भर हुनुपर्ने अवस्थाको अन्त्य गरौं ।’
उनले विज्ञानका सामाग्रीमै लाखौ रुपैया विदेश गएको बताए । ‘त्यस्ता सामाग्री उत्पादन गर्नै नसक्ने अवस्थामा छौ र हामी ?’ प्रश्न गर्दै पुनले भने–‘ छैनौ जस्तो लाग्छ, त्यसैले अब त्यस्ता सामाग्रीको उत्पादनमा जोड गरौं ।’
विज्ञान प्रदर्शनीको तयारीका लागि नेपालगन्ज आएका पुनले प्रदर्शनी औपिचारिकतामा सिमित हुने गरेको बताउँदै असन्तुष्टी पोखे । ‘प्रदर्शनीका लागि प्रदर्शनी हुने गरेको छ ।’ पुनले भने–‘आविस्कार केही छैन, प्रदर्शनी मात्र गरेर भएन ।’
वायरलेस प्रविधिद्वारा देशको ग्रामिण क्षेत्रमा सूचना प्रबाह गर्ने लक्ष्य बोकेर नेपाल वायरलेस सञ्जाल परियोजनामार्फत इन्टरनेट संजाल विस्तार गर्न सफल व्यक्तित्व महावीर पुन म्याग्दी जिल्लाको नांगी गाउँमा जन्मीएका हुन् ।
भेडाबाख्रा गोठाले बनेर आफ्नो बाल्यकाल बिताएका पुन गाउँमा एक जिर्ण अबस्थामा रहेको पुर्भाधारको अभाब भएको सरकारी बिद्यालयमा पढदथिए। पुनका पिता, एक रिटायार्ड ब्रिटिश गोरखा आर्मी थिए ।
उनीले आफ्नो परिवारलाई देशको दक्षिण भेगमा बसाई सर्ने र छोराको शिक्षामा लगानी गर्ने निर्णय लिनाले पुनको जीवनमा ठुलो परिवर्तन ल्यायो।