गर्मीमा ‘फनपार्क’को मज्जा ! बाँकेमा तयार हुँदै छन् तीनवटा ‘फनपार्क’


देशकै सबैभन्दा गर्मी हुने ठाउँँ बाँके ।  गर्मीयाममा यहाँको जनजीवन कष्टकर हुन्छ ।

गर्मी छल्न यसपटक भने फनपार्क उपयोगी हुने देखिएको छ ।  बाँकेमा तीनवटा फनपार्क आउने गर्मीको समयमा सन्चालन हुँदै छन् ।

‘फन पार्क’का मजदुरलाई काम छिटो सिध्याउन यतिबेला भ्याईनभ्याई छ । मजदुरहरु दिनररात काममा जुटेका छन् ।

कँही स्वीमिङ्गपुल बनाइरहेका छन् भने कतै धमाधम ‘वाटर फन’का चाहिने पूर्वाधार जडानको गरिरहेका छन् ।

यि मजदुरहरुले दिनररात नभनी निर्माण गरिरहेको फन पार्कहरु बाँके जिल्लाका लागि २०७६ मा बिशेष उपहार सावित हुँदै छन् । बाँके जिल्लामा एकै पटक तीनवटा धमाधम निर्माण भइरहेका छन् ।

मानसरोवर होली डे इन प्रालिले हवलदारपुर, वन्डरल्याण्ड प्रालिले राँझा र नेपालगन्ज एक्वा फनपार्कले नेपालगन्ज उपमहानगरपालिका –१४ स्थित भवानीयापुरमा ‘फन पार्क’ निर्माण गरिरहेका छन् ।

२०७६ मा सन्चालन गर्ने गरी ‘फन पार्क’को पूर्वाधार निर्माणको काम यस्तो छ ? हेरौं संक्षेपमा ।

मानसरोवर होली डे इन प्रालि

प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको केन्द्रभागमा रहेको कोहलपुरको हवलदारपुरमा यो फन पार्क निर्माण भइरहेको छ । सुर्खेतरोडसंगै जोडिएको मानसरोवर होली डे इनले ‘ह्याप्पी वल्र्ड’ नाम दिएर फन पार्क सन्चालन गर्दैछ । तीनवटा मध्ये सबैभन्दा पहिले निर्माणको काम शुरु गरेको ह्याप्पी वल्र्डको निर्माणको पनि अन्तिम चरणमा पुगेको छ ।

ह्याप्पी वल्र्डमा वाटर फनका साथै रेष्टुरेण्ट र ब्यांकेटसम्मको सुविधा हुनेछ । चरणबद्धरुपमा थप सुविधा समेत बिस्तार गर्ने गरी अमुजमेन्ट पार्क निर्माणको काम पनि शुरु गरिनेछ । कुल ६ बिगाहक्षेत्रफलमा ह्याप्पी वल्र्ड फैलिएको छ ।

नेपालगञ्ज एक्वा एडभेन्जर पार्क

मानसरोवर अमुजमेन्ट पार्क एण्ड रिसोर्ट प्रालिले नेपालगञ्ज उपमहानगरपालिका –१४ भवानीयापुर, बालेगाउँमा निर्माण गरिने नेपालगञ्ज एक्वा एडभेन्जर पार्क रिसोर्ट, वाटरपार्क, फनपार्क, इन्डोर गेम्स, सभा हल, रेष्टुरेन्ट, पिंङलगायत मनोरञ्जनस्थल निर्माणको काम यतिबेला धामधम गरिरहेको छ ।

आन्तरिक र वाह्य पर्यटकको माग र चाहाना अनुरुप आगामी दुई वर्ष्िभत्र यसको लागत २ अर्बको पु¥याइने लक्ष्य छ । निर्माणको काम धमाधम गरिरहेको नेपालगञ्ज एक्वा एडभेन्जर पार्कले केही दिन अघि मात्र डेढ सय कर्मचारी माग गरेको थियो ।

वन्डर ल्याण्ड प्रालि

रांझाचोकमा सुर्खेतरोडसंगै जोडिएको क्षेत्रमा वन्डरल्याण्ड पार्क निर्माण भइरहेको छ । भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । वन्डरल्याण्डले सिमेन्ट र छडबाट बनेका पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ ।

प्रकाशित मितिः     १७ माघ २०७६, शुक्रबार ०८:२५  |