कारकाँदोमा विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविर


नेपालगञ्ज,माघ १८ । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १८ कारकाँदोमा शनिबार विहानदेखि विशेषज्ञ सेवा सहितको निःशुल्क वृहत स्वास्थ्य शिविर संचालन भएको छ ।

शिविरमा फिजिसियन सेवा, आँखा, कान, दाँत र कान परीक्षण तथा सुगर र प्रेसर परीक्षण गरिएको पौरखी बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष हरिप्रसाद तिमिल्सेनाले जानकारी दिनुभयो ।

शिविरमा वडा अध्यक्ष दिपक वर्माले पौरखी सहकारीले वडाबासीलाई लक्षित गरि गरेको स्वास्थ्य शिविर अत्यावश्यक भएको बताउनुभयो । घरअगानमै विशेषज्ञ चिकित्सक सहित स्वास्थ्य चेकजाँच गर्न पाउनु वडाबासी सबैका लागि अवसर भएको भन्दै वडाअध्यक्ष वर्माले यस्ता कार्यमा हातेमालो गर्न वडा कार्यालय सधै तयार रहेको बताउनुभयो ।

जिल्ला सहकारी संघ बाँके तथा प्रदेश सहकारी संघका अध्यक्ष प्रेम सुवेदीले पौरखी सहकारीले जिल्लामै नमूना सहकारीको रुपमा काम गर्दै आएको बताउनुभयो ।

सहकारीहरु जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने भएकाले यसखालका अभियानलाई अन्य सहकारीले पनि अनुशरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रम संयोजक ऐनबहादुर हमालले विभिन्न सामाजिक संघ संस्थाको सहयोगमा कारकादौमा स्वास्थ्य शिविर संचालन गर्न सफल भएको बताउनुभयो ।

सो कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका अंगदबहादुर शाही, मावि लग्दहवाका प्रधानाध्यापकदिपक चेम्जोङ, पौरखीका उपाध्यक्ष शान्तिराज रेग्मी, सल्लाहकार कमानसिंह बोहरा, बचत तथा ऋण जिल्ला सहकारीका अध्यक्ष प्रकाश ज्ञवाली,व्रिनोजका दीपक बिसी लगायतले मन्तव्य राख्दै स्वास्थ्य शिविर अत्यन्त उपलब्धीमुलक भएको बताउनुभयो ।

सहिद दिवसको अवसरमा आयोजित शिविरमा आँखा रोग विशेषज्ञ डा. प्रचण्ड गौतम, ड. रजनी शाह लगायतका विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ । पौरखीले विगतवर्षदेखि नै निशुल्क स्वास्थ्य शिविर कार्यक्रम संचालन गर्दै आएको छ । गतवर्ष स्वास्थ्य परीक्षण पछि गम्भिर विरामीलाई फत्तेबाल आँखा अस्पतालमा शल्यक्रिया समेत गरिएको थियो ।

प्रकाशित मितिः     १८ माघ २०७६, शनिबार १३:३६  |