नेपालगन्ज १९ माघ – नेपाल बायुसेवा निगमले नेपालगन्जमा एक महिनाभित्र अन्र्तराष्ट्रिय उडानका हवाई टिकट उपलब्ध गराउने तयारी गरेको छ । अहिले अन्र्तराष्ट्रिय हवाई टिकट लिनका लागि राजधानी काठमाण्डौ धाउनुपर्ने बाध्यता छ ।
नेपाल बायुसेवा निगम क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख प्रशान्त बिकले अन्र्तराष्ट्रिय उडानका टिकम उपलब्ध गराउने जानकारी दिएका छन् । आईतवार नेपालगन्जमा आयोजितक एक अन्तरक्रियामा बिकले भने,–‘एप्सबाट टिकट काट्नेदेखि एक महिनाभित्र नेपालगन्जमै अन्र्तराष्ट्रिय उडानका टिकट लिन पाउने गरी व्यवस्थापन गर्दैछौं ।’
नेपाल एशोसिएसन अफ ट्राभल एण्ड टुर एजेन्ट बाँकेका अध्यक्ष श्रीराम सिग्देलले आफुहरुले पनि अन्र्तराष्ट्रियस्तरको जहाजको टिकट उपलब्ध गराउने गरी काम गर्ने तयारीमा रहेको बताएका छन् ।
बिकले घरेलु उडान प्रभावकारी बनाउन आफुहरुले नेपालगन्जमै ‘बेस’ बनाउने गरी काम गर्नुपर्नेमा जोड दिएका छन् । काठमाण्डौंबाट जहाज उडाउँदा पहाडी जिल्लाका यात्रुले दुःख पाइरहेको बताउँदै बिकले भने,–‘प्लेन नेपालगन्जमै रहने गरी बेस बनाउन जरुरी छ । त्यसो हुन सक्यो भने निमगलाई पनि फाईदा हुन्छ ।’