नेपालगन्ज २० माघ – नेपालगन्जमा प्रधान कार्यालय रहेको नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ‘मोवाइल बैकिङ्ग’ सेवा शुरु गरेको छ ।
सोमवार एक कार्यक्रमको आयोजना गरी उक्त मोवाईल बैकिङ्ग एपको उद्घाटन गर्दै शेयर सदस्यलाई वितरण समेत गरिएको अध्यक्ष विष्णु रिमालले जानकारी दिए ।
रिमालका अनुसार हाम्रो टेक्नोलोजीसंगको सहकार्यमा निर्माण गरिएको एप मार्फत बिजुलीको बिल भुक्तानी गर्न सकिने छ ।
त्यस्तै मोवाईलमा रिचार्ज गर्न सकिने छ भने इन्टरनेट, पानी, केवल, हवाई टिकट, सिनेमा, होटलको बिल भुक्तानी गर्न सकिने छ ।
आफ्ना शेयर सदस्यका लागि नमस्तेले बाँकेका सहकारी मध्ये पहिलो पटक मोवाइल बैकिङ्ग शुरु गरेको रिमालले बताए ।
‘प्रविधिको प्रयोग अनिवार्य छ । हामी सम्पूर्ण सदस्यलाई एपका बारेमा जानकारी गराउँन प्रशिक्षण दिइरहेका छौं ।’– रिमालले भने ।
व्यवस्थापक शालिकराम डाँगीका अनुसार, नमस्ते सहकारीमा एक हजार ७ सय ९४ शेयर सदस्य छन् ।
उनीहरु सबैलाई एप मार्फत कारोवार गराउने गरी प्रशिक्षण दिने काम भइरहेको छ ।
एप बनाउने हाम्रो टेक्नोलोजीका व्यवस्थापक सन्जय महासेठले मोवाईल बैकिङ्ग ढुक्कका साथ प्रयोग गर्न आग्रह गरेका छन् ।