दोस्रो अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिताको फाइनल खेल शनिवार


नेपालगन्जमा जारी युनाइटेड गु्रप दोस्रो अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिताको फाइनल खेल शनिवार हुने भएको छ ।

विहान ११ वजे पछि मंगल प्रसाद उच्च माविको खेल मैदानमा हुने फाइनल खेलमा वडा नंम्वर ५ र ८ विच प्रतिस्पर्धा हुने क्लवका अध्यक्ष विष्णु अर्यालले जानकारी दिनुभयो ।

द गु्रप अफ–१६ क्लबले आयोजना गरेको प्रतियोगितामा नेपालगन्ज उपमहानगरपालिकाका २३ वडाले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा एजुकेशन पाटनर्र एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस ,वैकिङ पाटनर्रमा साईन रेसुङगा डेभलपमेन्ट जोडिसकेका छन् । शनिवार मुख्य प्रयोजक घोषणा गर्ने कार्यक्रम रहेको छ ।

प्रतियोगितालाई बांके जिल्ला क्रिकेट संघले प्राबिधिक सहयोग गरेको छ । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख पुरस्कार पाउनेछ ।

प्रकाशित मितिः     २४ माघ २०७६, शुक्रबार १५:१८  |