आफ्ना उत्पादनको बजार खोज्दै बाँकेका महिला उद्यमी


नेपालगन्ज २४ माघ – बाँकेका महिला उद्यमीले सहुलियत ऋणका बारेमा अन्यौल भएको दुःखेसो पोखेका छन् ।

घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समितिले शुक्रवार आयोजना गरेको भेलामा यस्तो दुखेसो गरिएको हो ।

बैंक तथा वित्तीय संस्थाहरुले बिभिन्न प्रकारका सहुलियत ऋणको व्यवस्था गरे पनि धेरै महिलाहरु अनभिज्ञ रहेको महिला उद्यमी समिति बाँकेकी अध्यक्ष सुमित्रा चौधरीले बताइन ।

‘जानकारी अभावमा धेरै महिला उद्यमीले सहुलियत ऋण पाउन सकेका छैनन् ।’ चौधरीले भनिन–‘हामीले त्यसमा सहजिकरण गर्ने योजना बनाइरहेका छौ ।’

बाँकेका बिभिन्न स्थानीय तहका महिला उद्यमी समितिका अगुवाहरुको भेलामा महिलाले उत्पादन गरेका सामाग्रीले बजारीकरण पाउन नसकेको भन्दै चिन्ता प्रकट गरिएको ।

अब महिला उद्यमीको उत्पादन बृद्धि गर्दै बजारिकरणको रणनीति कस्तो बनाउने भन्ने विषयमा छलफल केन्द्रीत भएको अध्यक्ष चौधरीले बताइन

प्रकाशित मितिः     २४ माघ २०७६, शुक्रबार १९:०८  |