ब्रिटिस स्कुलले मनायो वार्षिकोत्सब


नेपालगन्ज -१९ शान्तिनगर स्थित ब्रिटिस इग्लिस बोर्डिङ स्कुल नेपालगन्जले आज शुक्रबार १४औं वार्षिकोत्सव तथा अभिभावक भेला मनाएको छ ।

सो अवसरमा विद्यालयको विभिन्न प्रतियोगिताका विजेता छात्रछात्रालाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा विद्यार्थी मनोरन्जनात्मक र जनचेतनामूलक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।

विद्यालय सन्चालक समिति अध्यक्ष निरज शाहको सभापतित्व सम्पन्न कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका नगर शिक्षा अधिकारी गोर्ख बहादुर थापा प्रमुख अतिथी र विशेष अतिथी पत्रकार महासंघ जिल्ला अध्यक्ष ठाकुर सिङ थारु, गोर्खा फाईनान्स नेपालगन्जका म्यानेजर गिरिधर शाही , धम्वोझी माविका सहायक प्रधानाध्यापक पुर्ण बहादुर शाही, ब्रिटिस स्कुलका सस्थापक बिमल प्रधान र बिजय श्रेष्ठ लगायतको उपस्थिति थियो।

प्रकाशित मितिः     7:38:21 PM  |