अब्दुल वाहिद मन्सुरीको घोषणा–‘संघको बैठकमा कालो चिया र बिस्कुट मात्र’


नेपालगन्ज २५ माघ – नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष अब्दुल वाहिद मन्सुरीले संघको बैठकमा कालो चिया र बिस्कुट मात्र प्रयोग हुने घोषणा गरेका छन् । संघको खर्च कटौतीका लागि त्यस्ता गर्न लागिएको उनले बताए ।

सपथग्रहण पछि संघको कार्यालय त्रिभुवनचोकमामा पदभार ग्रहण गर्दै अध्यक्ष मन्सुरीले खर्च कटौती गर्दै लैजाने बताए । ‘संघलाई आर्थिकरुपमा बलियो बनाउन के कति गर्न सकिन्छ गरौं ।

त्यसका लागि बैठकमा कालो चिया र बिस्कुट खाएरै खर्च कटौती गर्ने अभियान शुरु गरौं ।’

अध्यक्ष अन्सारीले पूर्व अध्यक्ष एवं अग्रज व्यवसायीको सल्लाह, सुझावका आधारमा अगाडी बढ्ने स्पष्ट पारेका छन् ।

कार्यसमिति भित्र सबैलाई उत्तिकै महत्वका साथ अवसर दिने अन्सारीले उल्लेख गरेका छन् ।

निवर्तमान अध्यक्ष नन्दलाल बैश्यले नयाँ कार्यसमितिलाई उत्कृष्ट काम गर्न आग्रह गर्दै त्यसका लागि सहयोग गर्न आफु तयार रहेको बताए ।

नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्दै संघका कार्यालय प्रमुख अजय सिंह सिजापतिले नयाँ कार्यसमितिलाई पूर्णरुपमा सहयोग गरेर अगाडी बढ्ने बताए ।
कार्यक्रममा उपाध्यक्षद्धय आदेश अग्रवाल, अमित बस्नेत, कार्यसमिति सदस्य, एशोसिएट एवं बस्तुगत संघका सदस्यहरु, संघका कार्यक्रम अधिकृत कुशल गुप्ता लगायत अन्तय कर्मचारी सहभागि थिए ।

प्रकाशित मितिः     २५ माघ २०७६, शनिबार १७:४०  |