नेपालगन्ज उद्योग वाणिज्य संघको कोषाध्यक्षमा हरिलाल न्यौपाने


नेपालगन्ज २८ माघ – नेपालगन्ज उद्योग वाणिज्य संघको कोषाध्यक्षमा हरिलाल न्यौपाने निर्वाचित भएका छन् । संघका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुको आन्तरिक निर्वाचन प्रक्रियाबाट मंगलवार न्यौपानो कोषाध्यक्ष चुनिएका हुन ।

यसअघि अध्यक्ष, दुई उपाध्यक्ष, कार्यसमिति सदस्य, एशोसिएट र बस्तुगत सदस्यको निर्वाचन भइसकेको छ । उनीहरुकै आन्तरिक चुनाव वा सहमतिबाट महासचिव, उपमहासचिव, कोषाध्यक्ष लगायत बरिष्ठ सदस्य मनोनयन गर्ने प्रावधान रहेको छ ।
आज बसेको संघको बैठकले महासचिवमा ओली, उपमहासचिवमा धर्मराज अर्याल, कोषाध्यक्षमा हरिलाल न्यौपानेलाई निर्वाचित गरेको हो ।

उद्योग, व्यवसायका क्षेत्रमा मिलनसार, अत्यन्त भद्र व्यक्तित्वको छवि बनाएका  न्यौपाने २० वर्षदेखि नेपालगन्ज व्यवसाय गर्दै आएका छन् ।

उनको मन्द मुस्कान, मिठो बोली जस्तो छ व्यक्तित्व पनि त्यस्तै सरल र सहज छ । कसैको कुभलो नचिताउने र सहकर्मी भनेपछि जस्तोसुकै अफ्ठयारोमा पनि साथ दिने न्यौपाने हार्दिक स्टोरका नामले परिचित छन् । फर्मको नाम झै हार्दिक व्यक्तित्वका धनी उनी

हार्दिक स्टोर र श्रीराम स्टोरका प्रोपराईटर हुन । व्यवसायीक क्षेत्रमा सफल न्यौपाने मदिरा व्यवसायी संघका पूर्व अध्यक्ष हाल सल्लाहकार, नेपाल रेडक्रस सोसाईटीका आजिवन सदस्य, क्षयरोग निवारण संघका आजिवन सदस्य, लायन्स क्लव सिद्धी बिनायकका लगायत बिभिन्न सामाजिक क्षेत्रमा लाग्दै आएका छन् ।

प्रकाशित मितिः     २८ माघ २०७६, मंगलवार १६:४२  |