नेपालगन्जमा फागुन २० देखि २४ गतेसम्म क्यान इन्फोटेक


नेपालगन्ज २८ माघ – बाँकेको नेपालगन्जमा क्यान ईन्फोटेक मेला संचालन गरीने भएको छ । क्यान महासंघ बाँके शाखाको आयोजनामा आगामी फागुन २० देखि २४ गतेसम्म मेला संचालन गरीने भएको हो । मंगलबार पत्रकार सम्मेलनमार्फत आयोजकले नेपालगन्जस्थित सिद्धार्थ कटेजमा मेला संचालनको तयारी थालिएको जनाएको हो ।

विश्वमा सुचना तथा संचार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले ‘प्रभु पे क्यान ईन्फोटेक २०२० ईन एशोशिएसन विथ वोल्र्ड लिंक’ नाम दिईएको उक्त मेलाको आयोजना गरिएको आयोजकले बताएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै क्यान महासंघ बाँकेका अध्यक्ष रमणी शर्माले क्यान ईन्फोटेकको ४ थौं संस्करणमा क्यान महासंघका सदस्य संस्थाहरु लगायत विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कम्पनीहरुको सहभागिता रहने जानकारी दिए ।

मेलाको मुख्य प्रदर्शनी हलमा ९० वटा प्रदर्शनी स्टल राखिने बताईएको छ । जसअन्तर्गत हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, बैंक, आई सी।टी। कलेज, शैक्षिक परामर्श केन्द्र ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स् र विभिन्न नयाँ प्रविधिको प्रयोग गरी स्थानिय विद्यार्थीहरुले बनाएका प्रविधियुक्त हाडवेयररसफ्टवेयरसँग सम्बन्धित सामाग्रिहरुका स्टल रहने अध्यक्ष शर्माले बताए ।

५ दिनसम्म संचालन गरीने मेला अवलोकनका लागि सर्वसाधारणहरुलाई ३० रुपैंया र विद्यार्थीहरुलाई २० रुपैंया प्रवेश शुल्क तोकिएको छ । अनलाईनमाफर्त टिकट खरीद गर्नेलाई ५ रुपौयाँ छुटको ब्यवस्था गरेको आयोजकले यस पटकको क्यान मेलामा कागजरहित टिकट सिस्टमको समेत ब्यवस्था गरेको जनाएको छ । मेलामा पत्रकार, अपाङ्ग, अशक्त तथा ७० वर्ष उमेर काटेका नेपाली नागरिकहरुलाई निशुल्क प्रवेशको ब्यवस्था मिलाईने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा क्यान प्रदेश नं. ५ का अधयक्ष रोशन श्रेष्ठ, ५ नं. प्रदेशका सचिव भोजराज तिमल्सीना, पुर्व जिल्ला अध्यक्षहरु सन्जय थापा, भुपाल गिरी र सुर्य प्रकाश श्रेष्ठ लगायत क्यान जिल्ला शाखाका पदाधिकारीहरु उपस्थित थिए ।

प्रकाशित मितिः     २८ माघ २०७६, मंगलवार १७:४३  |