संघको प्रवक्तामा टंक धामी


नेपालगन्ज २८ माघ – नेपालगन्ज उद्योग वाणिज्य संघको प्रवक्तामा टंक धामी चयन भएका छन् । संघको मंगलबार बसेको बैठकबाट धामीलाई प्रवक्ता तोकिएको हो ।

नेपालगन्ज उद्योग वाणिज्य संघको हाल कार्यसमिति सदस्य रहेका धामीले उद्योग, व्यवसायीको क्षेत्रमा पुर्याएको योगदान उल्लेखनीय छ । व्यवसायी हकहितमा खरो रुपमा उत्रिने क्षमता भएका धामी व्यवसाय सम्हाल्नु पूर्व धामीले बिद्यार्थी राजनीति समेत गरे । बिभिन्न तहमा रही बिद्यार्थी राजनीति गरे ।

काठमाण्डौमा अध्ययन पछि नेपालगञ्ज आएर धामीले २०६० सालबाट रेडिमेड ब्यापार सूरु गरेका थिए । व्यवसायीक्षेत्रमा संर्घषशिल व्यक्तित्व धामी कमल ईन्टरप्राईजेज, शिद्धिबिनायक अर्डर एण्ड सप्लायर्स,मनिष ट्रेड लिँक, कमल गार्मेन्ट प्रा लि ,रामारोशन तयारी पोषाक प्रा लि चलाउदै आएका छन् ।

प्रकाशित मितिः     २८ माघ २०७६, मंगलवार १८:१५  |