नेपालगन्ज २८ माघ – नेपालगन्ज उद्योग वाणिज्य संघको बरिष्ठ उपाध्यक्षमा आदेश अग्रवाल चयन भएका छन् । संघमा रहेका दुई जना उपाध्यक्ष मध्ये एकजनालाई बरिष्ठ बनाउने प्रचलन छ । सोही अनुसार, मंगलवार सबेको संघको बैठकबाट बरिष्ठ उपाध्यक्ष टुङ्गो लागेको हो ।
बैठकमा भएको आन्तरिक निर्वाचनमा बरिष्ठ सदस्य तर्फ बसन्त लामिछाने बिजयी भएका छन् । सोही बैठकले महिला सदस्यमा पार्वती आचार्य र उषा भण्डारीलाई चयन गरेको छ ।