नेपालगन्ज २९ माघ – नेपाल उद्योग वाणिज्य महासंघको पांच नंवर प्रदेश भेलाले महासंघको आगामी निर्वाचनमा बरिष्ठ उपाध्यक्ष पदका लागि चन्द्र प्रसाद ढकालको नाम प्रस्ताव गरेको छ ।
चैत अन्तिमसाता हुनगैरहेको निर्वाचनमा वरीष्ठ उपाध्यक्ष, जिल्ला नगर उपाध्यक्ष, र केन्द्रिय सदस्यहरुको नाम सर्वसम्मत रुपमा प्रस्ताव गरिएको हो । वरीष्ठ उपाध्यक्षमा आइएमइ ग्रुपका अध्यक्ष तथा महासंघका वर्तमान उपाध्यक्ष ढकालको नाम सर्वसम्मत रुपमा प्रस्ताव तथा अनुमोदन गरेको छ ।
मंगलवार तुलसीपुरमा सम्पन्न भएको छ । प्रदेश नंवर ५ का अध्यक्ष गुणनिधि तिवारीको अध्यक्षतामा भएको भेलामा नेपालमा लगानी बर्षको सन्दर्भमा व्यवसायीको भुमिका, नेपाल भ्रमण बर्ष २०२०लाइ सफल बनाउने सन्दर्भ, नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनको तयारी तथा दाङ जिल्लाको बेलझुण्डिमै आयोजना हुन थालेको प्रदेश नंवर ५ को एक्स्पोलाइ सफल बनाउने, मेला महोत्सवलाइ व्यवस्थापन गर्ने सन्दर्भ लगायतका वषयमा छलफल भएको थियो ।
त्यस्तै प्रदेश नंवर ५ का वर्तमान अध्यक्ष गुणनिधि तीवारीको नाम जिल्ला तथा नगर उपाध्यक्षमा सर्वसम्मत रुपमा प्रस्ताव एवं समर्थन गरिएको महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए । त्यस्तै केन्द्रिय सदस्यमा तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष, क्लिन तुलसीपुर-ग्रिन तुलसीपुरका अभियन्ता, सफल युवा व्यवसायी विमल रिजाल, किशोर आचार्य, कृष्ण प्रसाद श्रेष्ठ (नेपालगन्ज) र चक्र वहादुर अधिकारीको नाम सिफारीस तथा अनुमोदन भएको छ ।
त्यस्तै प्रदेश नंवर ५ को अध्यक्षमा हेमराज बन्जाडे, शुरेन्द्र श्रेष्ठ, कृष्ण प्रसाद श्रेष्ठ(अर्घाखांची)को नाम सर्वसम्मत सिफारीस भएका छन् । प्रदेश भेलामा सहभागी पांच नंवर प्रदेशका जिल्ला तथा नगरगरी जम्मा ३६ उद्योग वाणिज्य संघहरुका करीव दुइ सय भन्दा बढि उद्योगी व्यवसायीहरुले यी नामहरु सर्वसम्मत रुपमा सिफारीस गरेका थिए ।