नेपालगन्ज २९ माघ – महिला उद्यमीले उत्पादन गरेका सामाग्रीको बजारीकरण र प्रोत्साहनका लागि नेपालगन्जमा फागुण ४ गतेदेखि १० गतेसम्म प्रदेशस्तरीय प्रदर्शनी मेला आयोजना हुने भएको छ । महिला उद्यमी संघ बाँकेको आयोजनामा मेला हुन लागेको संघको द्धितीय उपाध्यक्ष सावित्रा बस्नेतले जानकारी दिनुभयो ।
प्रदेशस्तरीय मेलामा बाँके, बर्दिया, दाङ्ग, रोल्पा, प्युठान लगायत अन्य जिल्लाका महिला उद्यमीले उत्पादन गरेका सामाग्री प्रदर्शनीमा राखिने छ । ४० बढि स्टल बुक भइसकेको बस्नेतले बताउनुभयो । महिला उदमी संघले यसअघि पनि यस्ता प्रदर्शनी आयोजना गर्दै आएको थियो ।
तर यसपटक प्रदेशव्यापी गर्न लागिएको संघको महासचिव रेवती सिंहले जानकारी दिनुभयो । ‘यो मेलाले महिलालाई उद्योग सन्चालनमा प्रोत्साहन थप्ने आशा गरेका छौं ।’– सिंहले भन्नुभयो । बागेश्वरी मन्दिरको चिल्डे«न पार्कमा मेला आयोजना गरिने छ ।