एनएमबी बैंकका कार्ड होल्डरले सिद्धार्थ समूहको हरेक होटल र रेष्टुरेन्टमा १० % छुट पाउने


नेपालगन्ज माघ २९ । एनएमबी बैंकको भिषा कार्ड होल्डरले सिद्धार्थ गु्रपले हस्पिटालिटीका होटल तथा रेष्टुरेण्टमा दश प्रतिशतसम्म छुट पाउने भएका छन् ।

उक्त बैंकका कार्ड होल्डर सेवाग्राही, कर्मचारी र परिवारका सदस्यले सिद्धार्थका देशभर रहेका जुनसुकै होटल, रेष्टुरेष्ट, रिर्सोटको फुड र बेबरेजमा दश प्रतिशत छुट पाउने विषयमा बैंक र सिद्धार्थबीच सम्झौता भएको छ ।


सिद्धार्थ बिजनेश ग्रुप २२ बर्ष पुरा भएकोे छ । कैलालीको टीकापुरबाट २०५४ माघ २३ देखि सानो नास्ता पसलबाट हपिस्टालिटी ब्यबसाय सुरु गरेको सिद्धार्थ गु्रपका कर्णाली चिसापानी , नेपालगन्ज, सुर्खेत , बुटबल , चितबनको चुम्लिङटार र काठमान्डौमा रेष्टुरेन्ट, होटेल , रिसोट, टे«ड, क्याफे , इष्ट्रिच्युट, कृषि फर्म र सहकारी गरी २५ वटा शाखाहरु रहेका छन ।

सिद्धार्थ गु्रपले पश्चिममा महेन्द्रनगर र झापाको बिर्तामोडमा पनि सेवा बिस्तार गरेको गु्रपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए ।
२२ औ बार्षिक उत्सबको अबसरमा सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटी अन्र्तगतका सबै शाखाहरुले गु्रपले बार्षिक उत्सकका दिन माघ २३ गते देखि माघ मसान्त सम्म सबै शाखाहरुमा फुड र बेबरेजमा १५ प्रतिशत छुट दिएको छन ।

प्रकाशित मितिः     4:48:01 PM  |