तीनवटा प्रदेशलाई लक्षित गर्दै कोहलपुरबाट गोरखापत्र दैनिकको प्रकाशन शुरु


नेपालगन्ज १ फागुण – गोरखापत्र दैनिकको कोहलपुर संस्करणको परीक्षण प्रकाशन बिहीबारबाट सुरु भएको छ । फागुन ७ गते प्रजातन्त्र दिवसको दिनदेखि कोहलपुर संस्करणको औपचारिक प्रकाशन थालिने हुँदा यो गृहकार्य सुरु भएको गोरखापत्र संस्थानको व्यवस्थापनले जनाएको छ ।
सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ लाई लक्षित गर्दै बाँकेको कोहलपुरबाट गोरखापत्र दैनिकको प्रकाशन थालिएको हो । गोरखापत्र दैनिकको यो दोस्रो संस्करण हो । प्रकाशनको पहिलो संस्करण विराटनगरबाट संविधान दिवसको अवसर पारेर गत असोज ३ बाट प्रकाशन सुरु भएको थियो ।

कोहलपुरबाटै यसअघि अन्नपुर्णपोष्ट, नयाँ पत्रिकाले प्रकाशन शुरु गरिसकेको छ । नेपालगन्जबाट कान्तिपुर, नागरिक दैनिकको क्षेत्रीय संस्करण प्रकाशन भइरहेको छ ।

प्रकाशित मितिः     १ फाल्गुन २०७६, बिहीबार ०९:०६  |