काठमाडौं- कर्णाली प्रदेशमा निर्माण भएको नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्मित भवन उद्घाटन भएको छ।
महासंघ अध्यक्ष भवानी राणाले बिहीबार राजधानी वीरेन्द्रनगरमा भवनको उद्घाटन गरेकी हुन्।
‘कर्णाली प्रदेशमा पर्यटन, जलस्रोत र जटीबुटीको अपार सम्भावना रहेको क्षेत्र हो,’ उद्घाटन गर्दै अध्यक्ष राणाले भनिन्, ‘हामी कर्णालीको विकासका लागि प्रदेश सरकारसँग मिलेर काम गर्नुपर्ने अवस्था छ। हामी प्रदेश सरकारसँग सहकार्य गर्न पनि तयार छौं।’
बम
महासंघकै उपस्थितिका लागि प्रदेश भवन निर्माण गरेको राणाको भनाइ छ।

महासंघले सुर्खेतमा कृषि उद्यम केन्द्रको शाखा समेत स्थापना गरेको छ।
यो केन्द्रमार्फत् सार्वजनिक-निजी साझेदारी अवधारणामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गरिने राणाले बताइन्।
कार्यक्रममा महासंघका कोषाध्यक्ष निरक केसी, कर्णाली उद्योग वाणिज्य संघका अध्यक्ष पदम शाही, प्रदेश अन्तर्गतका उद्योग वाणिज्य संघका अध्यक्षहरू, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य भरत आचार्य र प्रबलजंग पाण्डेको उपस्थिति थियो।