नेपालगन्जमा महिला उद्यमीद्धारा उत्पादित सामाग्री प्रदर्शनीको तयारी पुरा


नेपालगन्ज १ फागुण – नेपालगन्जमा फागुण ४ गतेदेखि १० गतेसम्म नेपालगन्जमा प्रदेशस्तरीय प्रदर्शनी मेलाको तयारी पुरा भएके छ । महिला उद्यमीले उत्पादन गरेका सामाग्रीको बजारीकरण र प्रोत्साहनका लागि मेला आयोजना गर्न लागिएको महिला उद्यमी संघ बाँकको प्रथम उपाध्यक्ष निरुपमा रस्तोगीले बताउनुभयो ।

संघको द्धितीय उपाध्यक्ष सावित्रा बस्नेतका अनुसार, प्रदेशस्तरीय मेलामा बाँके, बर्दिया, दाङ्ग, रोल्पा, प्युठान लगायत अन्य जिल्लाका महिला उद्यमीले उत्पादन गरेका सामाग्री प्रदर्शनीमा राखिने छ । ४० बढि स्टल बुक भइसकेको बस्नेतले बताउनुभयो । महिला उदमी संघले यसअघि पनि यस्ता प्रदर्शनी आयोजना गर्दै आएको थियो ।

तर यसपटक प्रदेशव्यापी गर्न लागिएको संघको महासचिव रेवती सिंहले जानकारी दिनुभयो । ‘यो मेलाले महिलालाई उद्योग सन्चालनमा प्रोत्साहन थप्ने आशा गरेका छौं ।’– सिंहले भन्नुभयो । बागेश्वरी मन्दिरको चिल्डे«न पार्कमा मेला आयोजना गरिने छ ।

महिला उद्यमी व्यवसायीहरुको एउटा सवल, स्वावम्बन, स्वधाीन तथा सुसंगठित मुनाफारहित संस्था संघको रुपमा स्थापना गरी उद्यमी महिलाहरुलाई आत्मनिर्भर भएर आफ्नो व्यवसाय सन्चालन प्रकृयामा संस्थागत विकास गरी देशको आर्थिक विकासमा समेत सहयोग गर्ने मुख्य उदेश्य रहेको वीन नेपालको केन्द्रीय सदस्य सरस्वती शर्माले बताउनुभयो ।

बिभिन्न जिल्लामा छरिएर रहेका महिला उद्यमीद्धारा उत्पादित बस्तुहरु बारेमा ग्राहकहरु र थप लगानी गर्न इच्छुकहरुलाई जानकारी गराउन, महिलाहरुका उत्पादनले रोजगारी सिर्जना र स्थानीय संस्कृतिक संरक्षण गर्न, महिलाका उत्पादनहरुले उद्यम सन्चालनका क्रममा भोगेका समस्या र आगामी रणनीति बनाउनका लागि मेला आयोजना गर्न लागिएको उल्लेख गर्नुभयो ।

प्रकाशित मितिः     १ फाल्गुन २०७६, बिहीबार १६:४२  |