फाल्गुण २३ देखि २५ गतेसम्म नेपालगन्ज फुडफेस्टिभल हुने, सुर्खेतरोडमा आयोजना गर्न अनुमति


नेपालगन्ज १ फाल्गुन – होटल व्यवसायी संघ बाँकेले आयोजना गर्ने नेपालगन्ज फुडफेस्टिभलका लागि नेपालगन्ज उपमहानगरपालिकाले स्वीकृती पाएको छ ।

उपमहानगरपालिकाले फुड फेस्टिभल आयोजना हुने फाल्गुण २३ गतेदेखि २५ गतेसम्म तीन दिन धम्वोझीचोकदेखि नेपाल बायु सेवा निगमसम्मको पूर्वपट्टी सडक एकतर्फी प्रयोगको अनुमति दिएको अध्यक्ष भिमलाल कँडेलले जानकारी दिनुभयो ।

फेस्टिभल आयोजना गर्दा ट्राफिक व्यवस्थापनमा अवरोध हुन नहुने, ध्वनी प्रदुषण नगर्न उपमहानगरले निर्देशन दिएको छ । संघका अध्यक्ष कँडेलले केहीदिनमै पत्रकार सम्मेलनको आयोजना गरेर फेस्टिभलका बारेमा बिस्तृत जानकारी दिनुभयो ।

प्रकाशित मितिः     5:35:01 PM  |