नेपालगन्जका ३९ स्थानमा हाइमास्ट लाइट जडान हुने


नेपालगञ्ज,फागुन १ । नेपालगञ्ज उप–महानगरपालिका तीन दर्जन बढि स्थानमा हाईमाष्ट लाईट जडान गरिने भएको छ । नगरको विपी चोकमा जडान गरिएका जस्तै थप स्थानमा हाईमाष्ट लाईट जडान गर्न लागिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा नेतृत्वको जनप्रतिनिधी र प्राविधिक सहितको टोलीले हाईमाष्ट लाईन जडान गरिने क्षेत्रको स्थलगत अनूगमन गरि रेखांकन गरेको छ ।

नगर प्रमुख राणाका अनुसार नगरका ३९ वटा स्थानमा हाईमाष्ट लाईन जडान हुनेभएको छ ।

उप–महानगरपालिकाका सबै वडा समेटेर प्रमुख चोकहरुमा हाईमाष्ट लाईट जडान हुने भएको छ । हाईमाष्ट लाईटका लागि टेण्डर भईसकेपछि छिटो काम सुरुवात गराउनका लागि बिहिवार नगर प्रमुख राणा कार्यालय समयपछि प्राविधिक कर्मचारी र जनप्रतिनिधीसहित रेखांकनका लागि आफै पुग्नुभएको हो । प्रमुख राणासँगै वडा नम्बर ४ का अध्यक्ष मो. सफिक वेहना, वडा नम्बर १४ का वडा अध्यक्ष ओमकार मिश्रा, कार्यपालिका सदस्य कौशलकुमार धोवी र ईञ्जिनियर
सुरज शर्मा रहनुभएको थियो ।

वडा नम्बर ४ का अध्यक्ष वेहनाले असार मसान्तभित्र काम सम्पन्न गर्नेगरि ठेक्का सम्झौता भएको जानकारी दिनुभयो ।

संघीय आयोजना कार्यान्वयन ईकाई अन्तर्गत हाइमाष्ट लाईट जडानका लागि तिन करोड रुपियामा ठेक्का सम्झौता भईसकेको ईञ्जिनियर होमनाथ भुषालले जानकारी दिनुभयो ।

प्रकाशित मितिः     १ फाल्गुन २०७६, बिहीबार २०:५९  |