रोजगार कार्यक्रमको अनुदान निकासा : प्रदेश ५ र कर्णालीका कुन स्थानीय तहले कति पाए ?


श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ६ सय २३ स्थानीय तहमा २ अर्ब रुपैयाँ सःशर्त अनुदान पठाएको छ ।

शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गरी मन्त्रालयले आर्थिक वर्ष २०७६र०७७ का लागि स्थानीय तहअन्तर्गत रोजगार सेवा केन्द्रमा सूचिकृत भएका बेरोजगार व्यक्तिहरुलाई रोजगारी प्रदान गर्ने उद्देश्यले तत्कालका लागि २ अर्ब रुपैयाँ बाँडफाँड गरी सशर्त अनुदान पठाइएको जनाएको हो ।

मन्त्रालयका सहसचिव एवम् प्रवक्ता सुमन घिमिरेले ७ सय ५३ स्थानीय तहमा चार अर्ब ८२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको भए पनि केही स्थानीय तहले बेरोजगारको संख्या र प्राथमिकतामा परेको आयोजनाको सूची नपठाएकाले ६ सय २३ स्थानीय तहमा मात्र उक्त रकम पडाइएको बताए । उनले आयोजना र बेरोजगारको सूचिको आधारमा न्यूनतम १० लाख रुपैयाँ र अधिकतम ७५ लाख रुपैयाँको सीमाभित्र रहेर सःशर्त अनुदानको रकम बाँडफाँड गरी निकाशा पठाइएको बताए ।

उनले यो रकम ग्रामीण सडक निर्माण, सडक मर्मत, विद्युतीकरण र तटबन्ध निर्माणलगायतका स्थानीय योजनामा मात्रै खर्च गर्न पाइने बताए । हेर्नुहा्स् प्रदेश ५ र कर्णाली प्रदेशका कुन स्थानीय तहले कति रकम पाए ?

प्रकाशित मितिः     २ फाल्गुन २०७६, शुक्रबार १८:०९  |