नेपालगन्ज स्पिच कम्पिटिसनको पहिलो राउण्ड सकियो


नेपालगन्ज :  नेपालगन्ज स्पिच कम्पिटिसनको पहिलो राउण्ड सकिएको छ । नागरिक समाज डटकम अनलाईन सञ्चार गृहले आयोजना गरेको ‘स्पिच कम्पिटिसन’मा १० जना प्रतियोगि फाइनलमा प्रवेश गरेका छन् ।

उत्कृष्ट १० मा युनाईटेट एजुकेशन नेपालगन्जका गुन्जन घर्ति, बैजानाथ गाउँपालिका ६ का सुसिल विश्वकर्मा, ज्ञानोदय नमुना मावि खजुराका दिपसिखा भण्डारी, बर्दिया गुलेरिया ५ का प्रश्ना सुवेदि, बारबर्दियाका हरि प्रकाश भण्डारी, जेनिथ माबि खजुराका सुबोध पन्त, नेपालगन्ज १२ कोरिएनपुरका जस्मिन शाह, नेपालगन्ज १० आर्दशनगरका सविता शाह, नेपालगन्ज १७ का अन्कित श्रीवास्तब र जेनिथ मावि खजुराका रितिका सापकोटा प्रवेश गरेका हुन ।

फाइलनमा प्रवेश गरेकाहरुलाई फागुन ९ गते शुक्रबार नेपालगन्जमा फाइनल प्रतियोगिता आयोजना गरी प्रतिस्पर्धा गराइने भएको छ । ुबोल्नेछ नेपालगन्ज’को मुल नारा सहित ‘नेपालगन्ज स्पिच कम्पिटिसन २०२०’ सन्चालन गरिएको प्रतियोगिताका इभेन्ट कोर्डिनेटर खगेन्द्र दाहालले जानकारी दिए । दाहालले पहिलो राउण्डबाट छनोटमा परेका प्रतिस्पर्धीलाई फाइनल अघि एक दिन स्पिच सम्बन्धि टिप्सहरु निर्णायकहरुद्धारा प्रदान गरिने कार्यक्रम रहेको बताएका छन ।

नागरिक समाज डटकमका अध्यक्ष तथा कार्यकारी सम्पादक रामु ओलीले अनलाईनले नितान्त समाचार उत्पादनमा मात्र काम गर्ने नभई समाज रुपान्तरणका साथै शैक्षिक क्षेत्रलाई उकास्नका निम्ती यस्ता किसिमका कार्यक्रमको आयोजना पनि गर्न सक्छन भन्ने उदाहरण प्रस्तत गर्न र नेपालगन्जलाई शैक्षिक इभेन्टको शहरका रुपमा चिनाउन यो आयोजना गरिएको बताए । साथै अध्यक्ष ओलिले नेपालगन्ज स्पिच कम्पिटिसन नागरिक समाजको मात्र नभई समग्र नेपालगन्जको इभेन्टका रुपमा हेरिदिन अनुरोध गरे ।

नेपालगन्जको होटल सामार्थ इनमा आयोजना गरिएको पहिलो चरणमा सहभागिले आफैले छनोट गरेको शिर्षकमा प्रस्तुति दिएका थिए । फाइनल राउण्डको लागि आयोजकले दिएको शिर्षकमा प्रस्तुति दिनु पर्ने इभेन्ट कोर्डिनेटर दाहालले जनाएका छन ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद रु। ३० हजार, दोस्रो हुनेलाई २० हजार र तेस्रो हुनेलाई १० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । पहिलो राउण्डमा प्रस्तुत गरेको १० जनाको भिडियो नागरिक समाजको अफिसियल फेसबुक पेजमा अपलोड गरिने छ र सर्वाधिक हेरिने प्रतिस्पर्धी भिडियोलाई ५ हजार धनरासिको ‘पव्लिक च्वाइस’ पुरस्कार प्रदान गरिने छ ।

पहिलो राउण्डको सफलताको शुभकामना दिदै नेपाल पत्रकार महासघंका पुर्व केन्द्रिय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि झलक गैरेले प्रतियोगिताले देश, समाजको कुरा बोल्ने हुँदा यस किसिमको कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताए । गैरेले नेपालगन्जले नबोल्दा धेरै कुरा गुमाएको स्मरण गर्दे अब नेपालगन्ज बोल्न पछि पर्न नहुने बताएका थिए ।

प्रतियोगिताको फाइनल राउन्ड फाल्गुन ९ गते नेपालगन्ज स्थित ॐ कटेजमा हुने नागरिक समाजका कोर्डिनेटर रसाइलीले बताएका छन् । रसाइलीले नागरिक समाजले आयोजना गरेको यो प्रतियोगिता बोल्न चाहनेहरुको लागि अवसर भएको समेत बताएका छन् ।

प्रतियोगितामा सन्तोष खड्का, भोजराज शर्मा ‘नादिर’ र भरत विष्ट निर्णायकको भुमिकामा रहेका थिए ।

प्रकाशित मितिः     ३ फाल्गुन २०७६, शनिबार २०:४३  |