खजुराको कुन ठाउँमा कहिले निःशुल्क स्वास्थ्य शिविर आयोजना हुँदै छ ? हेर्नुहोस्


खजुरा गाउँपालिकाले आजदेखि जेष्ठ नागरिकका लागि बिशेषज्ञ सेवा सहितको निः शुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । वडा नं। १ को राधापुरबाट जेष्ठ नागरिक निःशुल्क स्वास्थ्य सेवा शुरु गरिएको हो ।

शिविरको उद्घाटन गर्दै खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले जेष्ठ नागरिकका लागि विशेषज्ञ सेवासहितको शिविर संचालन गरिएको जानकारी दिए । उनले बिगत २ वर्षदेखि नै घरदैलोमै पुगेर जेष्ठ नागरिकलाई सेवा दिने गरेकोमा यो वर्षदेखि यसलाई अझ प्रभावकारी ढंगले संचालन गर्न लागिएको बताए ।

फागुन ३ गते देखि १० गते सम्म खजुरा गाउँपालिको ८ वटै वडामा जेष्ठ नागरिक निःशुल्क स्वास्थ्य शिविर राधापुरबाट शुरु गरेर रनियापुरमा समापन गरिने  छ । खजुरामा कुन ठाउँमा कहिले निःशुल्क स्वास्थ्य शिविर आयोजना हुँदै छ ? हेर्नुहोस्

प्रकाशित मितिः     ४ फाल्गुन २०७६, आईतवार १२:४६  |