सोफिया स्कूलले यसरी बार्षिक खेलकुद दिवस मनायो


 

सोफिया रेजिडेन्सियल इङ्लिस स्कूलले आज बार्षिक खेलकुद दिवस मनाएको छ । बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नम्बर १० मा रहेको स्कुलले विगतका बर्षमा झै यसपटक पनि बिशेष कार्यक्रम गरेको हो ।

बार्षिक खेलकुद दिवस बिशेष कार्यक्रममा पुग्नुभएका नेपालगंज उपमहानगरपालिका कार्यालय शिक्षा शाखा प्रमुख गोर्ख बहादुर थापाले विद्यालयको काम भनेको बालबालिकाको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउनु हो, भन्नुभयो । आवाज.. संस्थापक प्रिन्सीपल के.बी.बसेलको अध्यक्षतामा भएको खेलकुद बिशेष समारोहमा स्कुलका विद्यार्थीहरु आफनो खेल प्रतिभा अभिभावक र विद्यालय परिवारका सामु खुलेर प्रस्तुत गरेका छन ।

विभिन्न विधाका खेलमा उत्कृष्ट हुने प्रथम, द्धितिय, तृतिय लगायतका विद्यार्थीहरुलाई सोफिया स्कूलका प्रिन्सीपल शुसिला बसेल, स्कूल संञ्चालक सदस्य डक्ट प्रसाद धिताल लगायतले ट्रफी मेडल र प्रमाण पत्र हस्तारण गर्नुभएको छ । संस्थापक प्रिन्सीपल के.बी.बसेलले खेलकुदले विद्यार्थीलाई अनुशासित बनाउने भएको हुदाँ यसमा स्कुलले बिशेष जोड दिदै आएको जानकारी गराउनुभयो । शोफिया स्कूलमा अहिले साढे ५ सय जना विद्यार्थीहरु अध्ययनरत छन ।  कक्षा १० सम्म पढाइ हुदै आएको छ ।

प्रकाशित मितिः     ६ फाल्गुन २०७६, मंगलवार ०९:४२  |