नेपालगन्जमा स्वदेशमै उच्च शिक्षा पढ्न सिकाउने शैक्षिक मेला हुँदै


नेपालगन्ज ६ फागुन – नेपालगन्जमा नेपाली शैक्षिक मेलाको दोस्रो संकरण संचालन गरिने भएको छ । नेपालमै उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै दुई दिने शैक्षिक मेला संचालन गर्न लागिएको हो ।

सिद्धार्थ कटेजमा आगामी फागुन १५ र १६ गते शैक्षिक मेला संचालन गर्ने तयारी भईरहेको मेला आयोजक भिजन मिडिया ईनकर्पोरेशनले जनाएको छ । मंगलबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी आयोजकले मेला संचालनको उद्धेश्यका बारेमा जानकारी गराएको थियो ।

पछिल्लो समय नेपाली विद्यार्थीहरु उच्च शिक्षा अध्ययनकालागि बिदेशीने क्रम बढिरहेकाले स्वदेशमै रहेका गुणस्तरीय शैक्षिक संस्थाहरुको जानकारी दिने उद्धेश्यले मेला संचालन गर्न लागिएको भिजन मिडिया ५ नं. प्रदेशका कोअर्डिनेटर भरत विष्टले जानकारी दिए ।

दुई दिनसम्म संचालन गरीने मेलामा सहभागी हुन आउने विद्यार्थीहरुलाई त्रिभुवन विश्वविद्यालय, काठमाण्डौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पुर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुदर पश्चिमाञ्चल विशवविद्यालय तथा विभिन्न अन्तराष्ट्रिय विश्वविद्यालयसँग आवद्ध शिक्षण संस्थाहरुले निस्शुल्क परामर्श दिने ब्यवस्था मिलाईएको विष्टले बताए ।

यसअघि बिराटनगर र विरगञ्जमा संचालन भईसकेको शैक्षिक मेलाको नेपालगन्ज संस्करणमा २ हजार बढि बिद्यार्थी सहभागी हुने आयोजकले दावी गरेको छ ।

प्रकाशित मितिः     ६ फाल्गुन २०७६, मंगलवार १८:५९  |