यसरी शुरु भयो कर्णाली एक्सपो (फोटो फिचर सहित)


नेपालगन्ज ६ फागुन – उपराष्ट्रपति नन्दबहादुर पुनले मंगलवार दोस्रो कर्णाली एक्सपोको उद्घाटन गरेका छन् । सुर्खेत उद्योग वाणिज्य संघले आयोजना गरेको एक्सपो उद्घाटन गर्दै पुनले संघीय नेपालमा कर्णाली प्रदेश अब्बल बनेर निस्किने बताए ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समृद्ध कर्णाली निर्माणका लागि आफुहरु अग्रसर रहेको बताए ।

सुर्खेत उद्योग वाणिज्य संघका तर्फ अध्यक्ष धनबहादुर रावतले उपराष्ट्रपति पुनलाई १७ बुदे माग पेश गर्दै कार्यान्वयनका लागि सरकारको ध्यानार्कषण गराउन आग्रह गरेका छन् । मंगलवारबाट शुरु भएको एक्सपो फागुन १७ गते सम्म संचालन हुनेछ । हेर्नुहोस् तस्विरमा कर्णाली एक्सपोको उद्घाटन सत्र –

प्रकाशित मितिः     ६ फाल्गुन २०७६, मंगलवार १९:४९  |