नेपालगन्ज ७ फागुन – नेपालगन्जका मेयर धवल शम्सेर राणाले नेपालगन्जमा गल्र्स स्कुल बनाउने वाचा गरेका थिए । त्यही वाचा पुरा गर्दै बुधवार वडा नम्बर ४, सल्यानीबङ्गला स्थित आधारभूत माध्यामिक बिद्यालय परिसरमा गल्र्स स्कुल भवनको शिलान्यास गरेका छन ।
शिलान्यास गर्दै मेयर राणाले ठेकेदार कम्पनीका प्रतिनिधिलाई समय सिमा भित्रै काम सक्न निर्देशन दिए । ‘तपाईंहरुले दिनरात नभनी भवन निर्माणको काम गर्नुस, मापदण्ड अनुसार सम्झौता सकिने म्याद समय भित्र नै निर्माण कार्य सक्नुहोस । रकमको चिन्ता नगर्नुहोस ।’ – उनले भने ।
करीव २ करोड लगानीमा ३ तल्ला, १८ कोठे भवन निर्माण गर्न सनिदेव जयदुर्गे जेबी, महेन्द्रनगर सङ्ग २०७६ माघ २४ गते ठेक्का सम्झौता भएको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष सफिक बेहनाले जानकारी दिए । प्रदेश सरकार र उपमहानगरपालिकाको ५०र५० प्रतिशत लगानीमा बन्न लागेको सो भवन निर्माण कार्यको अन्तिम म्याद असार मसान्तसम्म रहेको अध्यक्ष वेहनाले जानकारी दिए ।