प्रधानमन्त्री कप अन्तर्रा्ष्ट्रिय महिला भलिबल प्रतियोगिता फागुन १८ गतेदेखि



नेपालगन्ज ७ फागुन :  नेपालगन्जमा फागुन १८ गतेदेखि प्रधानमन्त्री कप अन्तर्रा्ष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको छैठौं संस्करण हुने भएको छ ।

बाँके जिल्ला भलिबल संघको आयोजनामा हुने प्रतियोगिता नेपालगञ्ज रंगशालाको कभर्डहलमा फागुन २२ गतेसम्म चल्नेछ ।

नेपालगञ्जमा आज पत्रकार सम्मलेन गर्दै भलिबल संघले प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, श्रीलंका र माल्दिभ्सका शीर्ष क्लबहरुलाई आमन्त्रण गरिएको बताएको छ ।

मूल आयोजक समितिका संयोजक प्रदेश सांसद् कृष्णा केसी नमुनाका अनुसार प्रतियोगितामा प्रथम हुने रु.२ लाख, उपविजेताले रु. १ लाख र तृतीय हुनेले रु.५० हजार नगद पाउनेछन् ।

प्रतियोगितालाई दक्षिण एसियाकै नम्बर १ प्रतियोगिताका रुपमा स्थापित गराउन यस बर्षदेखि समाजका प्रतिष्ठित व्यक्तिहरुलाई मूल आयोजक समितिमा राखिएको बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीले बताउनुभयो । प्रतियोगितामा ३० लाख खर्च हुने अनुमान आयोजकको छ

प्रकाशित मितिः     ७ फाल्गुन २०७६, बुधबार १८:५५  |