नेपालगन्ज १० फागुन – प्रदेश नं. ५ सरकारले होमस्टे सम्बन्धी नियामावली पारित गरेको छ । होमस्टे नियामावली , २०७६ पारित गर्दै होमस्टे सन्चालन सम्बन्धमा मापदण्ड समेत तयार गरेको छ।
प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा तयार भएको होमस्टे नियामावली मन्त्रीपरिषदको फागुन २ गते बसेको बैठकले पारित गरेको हो । होमस्टे नियामावलीमा मापदण्ड पूरा गरेका होमस्टेलाई निवेदन दिएको तीन दिन भित्र दर्ता गरिसक्नुपर्ने उल्लेख छ ।
त्यसका लागि रु ७ हजार शुल्क कायम गरिएको छ । यद्यपी होमस्टे दर्ता अघि प्राप्त निवेदन माथि सम्बन्धित स्थानीय तहले १५ दिनसम्म जाँचबुझ गर्न सक्ने र मापदण्ड पुरा नभएको देखिएमा मापदण्ड पुरा गर्न एक महिनाको समय दिइने छ ।
त्यसो गर्दा पनि मापदण्ड पुरा नगर्ने होमस्टेको निवेदन तामेलीमा राखिने छ । मापदण्ड पुरा नगर्ने होमस्टेको दर्ता खारेजी सम्मको अधिकारी स्थानीय तहलाई दिएको छ । त्यसअघि होमस्टे सन्चालकलाई स्पष्टिकरण सोधिने छ । मापदण्ड थाहा पाउन तलको समाचारको लिंक खोल्नुहोला ।
प्रदेश ५ मा स्थानीय तहलाई होमस्टे दर्ताको अधिकार, मापदण्ड पुरा नगर्नेको दर्ता खारेज हुने