दाङ १० फागुन : प्रदेश सरकारले दाङकाे बेलझुण्डीमा आयाेजना गरेकाे प्रदेश एक्स्पाेकाे आज मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गर्नुभयाे । उहाले उद्घाटन गर्दै प्रदेश एक्स्पोले प्रदेश भित्र रहेका विविधतालाई नजिकबाट चिन्ने अवसर प्रदान गरेको बताउनुभयाे ।
उहाले प्रदेश पाँचले हरेक दृष्टिमा अगुवाइ गरेकाे बताउनुभयाे।‘आवधीक योजना निर्माणमा होस, या कानुन निर्माणमा, बजेट खर्च गर्ने दृष्टिमा होस प्रदेश सकरार अरु प्रदेशको तुलनामा अघीरहेको छ’उहाले भने–‘हामी प्रदेश ५ लाई नमुना प्रदेशको रुपमा अघी बढाउन चाहन्छौं । सोही दिशामा कार्यक्रमहरु भैरहेका छन् ।’
आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा १२ जिल्लाका स्थानीय तह तथा जिल्ला स्तरबाट आएका झाँकी प्रदर्शन गरिएको छ । तीन दिन सम्म चल्ने एक्स्पोमा स्टल राखेर नविनतम प्रविधिको प्रदर्शन गरिएकाे छ। कार्यक्रममा स्वागत तुलसीपुर उपमहानगरपालिकका प्रमुख घनश्याम पाण्डेले गर्नुभएकाे थियाे ।
पाल्पाको लाखे नाच, प्युठानको डल्ले सराँय, बर्दियाको थारु मयुर नाच, रोल्पाको लहरे पैसरी नाच, रुकुम पुर्वको लोपन्मुख ढोङ्गे नाच, गढवा र राजपुर गाउँपालिकाले अवधि संस्कृति नाच लगायत विविध खालका झाँकि प्रदर्शन गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी, नेपाल सशस्त्र प्रहरीले विशेष प्रस्तुति प्रदर्शन गरेका छन । आज उद्घाटन भएको एक्स्पो सोमबार सम्म चल्ने छ ।