प्रदेश सरकारले दाङकाे बेलझुण्डीमा आयाेजना गरेकाे प्रदेश एक्स्पाेकाे आज मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गर्नुभयाे । उद्घाटन कार्यक्रममा १२ जिल्लाका स्थानीय तह तथा जिल्ला स्तरबाट आएका झाँकी प्रदर्शन गरिएको छ । तीन दिन सम्म चल्ने एक्स्पोमा स्टल राखेर नविनतम प्रविधिको प्रदर्शन गरिएकाे छ।
पाल्पाको लाखे नाच, प्युठानको डल्ले सराँय, बर्दियाको थारु मयुर नाच, रोल्पाको लहरे पैसरी नाच, रुकुम पुर्वको लोपन्मुख ढोङ्गे नाच, गढवा र राजपुर गाउँपालिकाले अवधि संस्कृति नाच लगायत विविध खालका झाँकि प्रदर्शन गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी, नेपाल सशस्त्र प्रहरीले विशेष प्रस्तुति प्रदर्शन गरेका छन । आज उद्घाटन भएको एक्स्पो सोमबार सम्म चल्ने छ ।

तस्विरहरु : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलका प्रेस सल्लाहकार शेरबहादुर केसीको फेसबुकवालबाट ।